Archive for May 15th, 2019

ओझेलमा किराँत धर्मावलम्बीको मोक्षस्थल

ओझेलमा किराँत धर्मावलम्बीको मोक्षस्थल

रवीन्द्र काफ्ले किराँत धर्मावलम्बीहरुले मोक्षस्थल ठान्ने लब्रेकुटी र सिलौटी पर्यटकीय दृष्टिले ओझेलमा छन् । मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ किराँत धर्मावलम्बीहरुले शक्तिपीठको रुपमा पूजाअर्चना गर्ने पाँचथरको फिदिम नगरपालिका वडा नं ५ मा अवस्थित यी स्थानमा भौतिक पूर्वाधारको विकास भएको छैन । किराँत धर्मगुरु फाल्गुनन्दले फक्ताङलुङ (कञ्चनजङ्घा हिमाल) को दर्शनबाट किराँतीहरुले मोक्ष प्राप्त गर्न सक्ने सन्देश समुदायमा फैलाउनु भएको थियो ।[Read More…]

by May 15, 2019 0 comments गृहपुष्ठ
सबै स्थानीय तहमा खानेपानी तथा सरसफाइ कार्ययोजना बन्ने

सबै स्थानीय तहमा खानेपानी तथा सरसफाइ कार्ययोजना बन्ने

खानेपानी तथा सरसफाइ मन्त्रालयले सबै स्थानीय तहमा खानेपानी तथा सरसफाइ कार्ययोजना बनाउन सहयोग गर्ने भएको छ । स्वच्छ खानेपानी पाउने जनताको मौलिक हक कार्यान्वयन गर्न सो कार्ययोजना बनाउन सहयोग गर्न लागेको मन्त्रालयले जनाएको छ । खानेपानी र सरसफाइ क्षेत्रमा कति योजना आवश्यक छन्, ती आवश्यकतालाई सम्बोधन गर्न के कति बजेट आवश्यक पर्छ भन्ने कुरा कार्ययोजनामा आउने छ खानेपानी मन्त्री बीना[Read More…]

by May 15, 2019 0 comments गृहपुष्ठ
यार्साको अवैध चोरी रोक्न पाटनमै गस्ती

यार्साको अवैध चोरी रोक्न पाटनमै गस्ती

यार्सागुम्बाको अवैध चोरी निकासी रोक्नका लागि सुरक्षाकर्मी र स्थानीय युवाको सामूहिक गस्ती शुरु गरिएको छ । बहुमूल्य जडीबुटी यार्सागुम्बाको सङ्कलन समय नजिकिएसँगै अवैध चोरी निकासी रोक्नका लागि डोल्पाका यार्सा पाटनमा सुरक्षाकर्मी र स्थानीय युवाको सामूहिक गस्ती शुरु गरिएको हो । पाटनमा हुने अवैध तस्करी रोक्नका लागि जिल्लाका विभिन्न यार्सागुम्बा पाटनमा ठूलोे सङ्ख्यामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी खटाइएको छ[Read More…]

by May 15, 2019 0 comments गृहपुष्ठ
काङ्ग्रेसद्वारा संविधान प्रतिकूल हुने विधेयक फिर्ता गर्न माग

काङ्ग्रेसद्वारा संविधान प्रतिकूल हुने विधेयक फिर्ता गर्न माग

काठमाडौँ, १ जेठ स् प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकारले संविधानको प्रावधान, व्यवस्था तथा भावनाको प्रतिकूल हुनेगरी केही विधेयकहरु संसद्मा दर्ता गरेको आरोप लगाउँदै त्यस्ता विधेयक फिर्ता लिन माग गरेको छ । काङ्ग्रेस संसदीय दलको आज बसेको बैठकले सरकारले संविधानको प्रतिकूल हुने गरी मन्त्रिपरिषद्ले निर्णय गरी विभिन्न विधेयकहरु सङ्घीय संसद्मा दर्ता गरेको भन्दै आपत्ति प्रकट गरेको हो । काङ्ग्रेस सभापति[Read More…]

by May 15, 2019 0 comments गृहपुष्ठ
त्रिशूली–काठमाडौँ प्रसारण लाइनको परीक्षण शुरु

त्रिशूली–काठमाडौँ प्रसारण लाइनको परीक्षण शुरु

त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल’ सर्किट प्रसारण लाइनको परीक्षण आजदेखि शुरु गरिएको छ । नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित माथिल्लो त्रिशूली थ्री ‘ए’ को उत्पादनगृहदेखि काठमाडाँैको मातातीर्थ सवस्टेशनसम्म विस्तार गरिएको प्रसारण लाइनमा विद्युत् प्रवाह गरेर परीक्षण थालिएको हो । परीक्षण अवधि लगातार तीन दिन (७२ घण्टा) चल्ने छ । परीक्षणका लागि केन्द्रीय प्रसारण लाइनको विद्युत् प्रवाह गरिएको आयोजनाका सहायक निर्देशक नारायणप्रसाद आचार्यले[Read More…]

by May 15, 2019 0 comments गृहपुष्ठ
अज्ञात समुहद्वारा नगरपालिकाको गाडीमा आगजनी

अज्ञात समुहद्वारा नगरपालिकाको गाडीमा आगजनी

अछाम, १ जेठ । जिल्ला सदरमुकाम मंगलसेन नगरपालिकाको गाडीमा अज्ञात समुहद्वारा आगजनी गरिएको छ । नगरपालिकाको बा २ झ ३६९४ नम्बरको जिपमा मंगलबार राति २ बजेरतिर आगजनी भएको हो । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) जनक बहादुर शाहीक अनुसार नगरपालिका कार्यालयमै राखिएको प्रमुख चढ्ने जिप करिब १ बर्ष अगाडी १ करोड २० लाखमा खरिद[Read More…]

by May 15, 2019 0 comments गृहपुष्ठ
‘जनप्रतिनिधिका दुई वर्ष’ पुस्तक सार्वजनिक

‘जनप्रतिनिधिका दुई वर्ष’ पुस्तक सार्वजनिक

धुलिखेल नगरपालिकाले जनताबाट निर्वाचित भएर जिम्मेवारी सम्हालेको दुई वर्ष पुगेको अवसरमा ‘जनप्रतिनिधिका दुई वर्ष’ नामक पुस्तक सार्वजनिक गरेको छ । निर्वाचनबाट निर्वाचित भएर जिम्मेवारी सम्हालेपछि दुई वर्षभित्रमा नगरपालिकाभित्र के–के काम गरे भन्ने विषयलाई लिएर तयार पारिएको पुस्तक सार्वजनिक गरिएको नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले बताउनुभयो । सो कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका अध्यक्ष उद्धव केसीले निदाएर देखेको सपना काम नलाग्ने[Read More…]

by May 15, 2019 0 comments गृहपुष्ठ
अन्तर्राष्ट्रिय ‘रत्न तथा आभूषण’ मेला जेठ ३ देखि

अन्तर्राष्ट्रिय ‘रत्न तथा आभूषण’ मेला जेठ ३ देखि

सरकारको सहभागितामा नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय ‘रत्न तथा आभूषण’ मेला हुने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खानी तथा भूगर्भ विभागको आयोजना तथा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घको सहकार्यमा यही जेठ ३ देखि ५ गतेसम्म मेला हुन लागेको हो । खानी तथा भूगर्भ विभाग परिसर लैनचौरमा हुने मेलामा नेपालमा उत्खनन भएका अति महत्वपूर्ण तथा महत्वपूर्ण सुन, चाँदी, रत्न[Read More…]

by May 15, 2019 0 comments गृहपुष्ठ
नायिका आलिया विश्वकै सर्वोच्च शिखर सगरमाथा चढ्ने

नायिका आलिया विश्वकै सर्वोच्च शिखर सगरमाथा चढ्ने

एजेन्सी, १ जेठ । बलिउड नायिका आलिया भट्टले विश्वकै सर्वोच्च शिखर सगरमाथा चढ्ने भएकी छन । उनले विश्वकै सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो भारतीय महिला अरुणिमा सिंहाको बायोपिकमा अभिनय गर्ने भएकी छिन् । उक्त अभिनयका लागी उनी सगरमाथा चढ्ने भएकी हुन् । अरुणिमा सिंहाले आफ्नो करिअरको विषयमा प्रकाशित गरेको ‘बर्न एगेन टु दि माउन्टेन’ नामक उक्त किताबमा उनले आफ्नो जीवन[Read More…]

विप्लव समूहका एक कार्यकर्ता पक्राउ

विप्लव समूहका एक कार्यकर्ता पक्राउ

जाजरकोट, १ जेठ । जाजरकोटबाट विप्लव समूहका एक कार्यकर्ता पक्राउ परेका छन् । मंगलबार राति छेडागाड नगरपालिकाको वडा नं १२ कार्कीगाउँबाट छेडागाड इञ्चार्जसमेत रहेका कैलाश पुनलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखेको जनाएको छ । पुनले विप्लव समूहका कार्यकर्तालाई विभिन्न ठाउँमा पु¥याउन र ल्याउन सक्रिय भूमिका खेलेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

by May 15, 2019 0 comments गृहपुष्ठ