Archive for May 12th, 2019

दैलेखमा मध्यरातमा गयो भूकम्प, केही घरहरुमा क्षति

दैलेखमा मध्यरातमा गयो भूकम्प, केही घरहरुमा क्षति

दैलेख, २९ बैशाख । शनिबार मध्यरातमा दैलेखलाई केन्द्र बिन्दु बनाएर भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार जिल्लाको नौमुले ४ बालुवाटारलाई केन्द्रबिन्दु बनाएर शनिबार राति १२ बजेर ३६ मिनेटमा ५.१ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्पका कारण केही घरहरुमा क्षति समेत पुगेको गृह मन्त्रालयले जनाएको छ । भूकम्पको धक्का दैलेखसँगै यस आसपासका जिल्लाहरुमा पनि महसुस भएको छ[Read More…]

by May 12, 2019 0 comments गृहपुष्ठ
कैदीबन्दीका मुढाले बजार पाएन

कैदीबन्दीका मुढाले बजार पाएन

दमौली, २९ वैशाख । बाहिरी जिल्लाबाट सस्तो मूल्यमा मुढा आयात हुन थालेपछि तनहुँ कारागारका कैदीबन्दीले उत्पादन गरेको मुढाको बिक्री ठप्प भएको छ । कैदीबन्दीले बनाएको मुढा बलियो र टिकाउ हुने भएकाले यसको माग बढी हुन्थ्यो तर पछिल्लो दुई महीनादेखि ती मुढा बिक्री भएको छैन ।विभिन्न अपराधमा सजाय भोगिरहेका कैदीबन्दीे उत्पादन गरिएका मुढा बिक्री नभएपछि चिन्तित भएका छन् । बन्दी विष्णुहरि[Read More…]

by May 12, 2019 0 comments गृहपुष्ठ
हेलम्बुमा बञ्जीजम्प निर्माण गरिने

हेलम्बुमा बञ्जीजम्प निर्माण गरिने

मेलम्ची, २९ वैशाख । सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र हेलम्बुमा साहसिक खेल बञ्जीजम्पका लागि पूर्वाधार निर्माण शुरु गरिएको छ । यसका लागि आव २०७६÷७७ देखि हालसम्मकै लामो झोलुङ्गे पुल निर्माण गरिने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो ।एनएल जोशी कन्सल्टेन्सीद्वारा तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार बञ्जीजम्प निर्माणका लागि रु पाँच करोड ३९ लाख लाग्ने अनुमान गरिएको छ । लागत[Read More…]

by May 12, 2019 0 comments गृहपुष्ठ
आजको विदेशी मुद्राको विनिमयदर

आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २९ बैशाख । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर निम्नानुसार रहेको छ,

by May 12, 2019 0 comments अर्थ
हङकङको संसदमा कुटाकुट

हङकङको संसदमा कुटाकुट

काठमाडौं २९ बैशाख । हङकङको संसदमा सुपुर्दगी कानुनबारे चुलिएको विवादपछि शनिबार सांसदहरुबीच कुटाकुट भएको छ । चीनले आफ्नो शक्ति बढाउने गरी प्रस्ताव गरेको उक्त कानुनको पक्ष र विपक्षमा रहेका सांसदबीच चर्काचर्कपछि हातहालाहाल भएको हो । यो घटनामा धेरै सांसद घाईते छन् । एक जनालाई अस्पताल भर्ना गरिएको छ । प्रस्तावित सुपुर्दगी कानुनमा संदिग्ध अपराधीहरुलाई चीनमा सुपुर्दगी गर्नुपर्ने नियमसहितको व्यवस्था छ[Read More…]

तातोपानी नाका मालवाहक सवारीका लागि मात्र

तातोपानी नाका मालवाहक सवारीका लागि मात्र

काठमाडौं २९ बैशाख । नेपाल र चीन जोड्ने पुरानो नाका तातोपानी ‘भेहिकल मुभमेन्ट’ मात्र गर्न पाउने सर्तमा खुला हुने भएको छ । तीन सातापछि उक्त नाका खोल्ने गरी तयारी भए पनि त्यो स्वाभाविक रूपमा सञ्चालन हुन भने थप तीन महिना लाग्नेछ । नेपालतर्फको सडक वर्षाअघि निर्माण नभए त्यो पनि सम्भव छैन । बाढी र पहिरोको चपेटामा परेको तातोपानी नाकालाई ०७२[Read More…]

जसको बिहे भएकै ८१ वर्ष पुग्यो : उस्तै छ खुसी

जसको बिहे भएकै ८१ वर्ष पुग्यो : उस्तै छ खुसी

काठमाडौं २९ बैशाख । ८१ वर्ष भइसकेछ वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी र राधादेवीको दाम्पत्य। जिन्दगीको सहयात्रा थाल्दा सत्यमोहन १९ वर्षका थिए र राधा १४ वर्षकी। उमेरले शताब्दी टेक्दासम्म झगडा नहुनु सम्भव सुनिँदैन। तर, सत्य–राधाको वैवाहिक जीवन उदाहरणीय छ। उनीहरूले न कहिल्यै झगडा गरे न त सत्यमोहनले श्रीमतीसँग रिस देखाए। राधा हिजोआज अलिक अस्वस्थ छिन्। खुट्टामा नसाको समस्या छ। यताउता[Read More…]

रासायनिक विषादी घट्दै, जैविकमा आकर्षण बढ्दै

रासायनिक विषादी घट्दै, जैविकमा आकर्षण बढ्दै

काठमाडौँ – पाँच वर्ष अघि तरकारीमा विषादीको जाँच सुरु गर्दा बजार पुगेका तरकारीमा ९० प्रतिशतसम्म विषादी पाइयो । यो विषय सार्वजनिक भएपछि किसान उपभोक्त दुवै सचेत भए । विषादीको प्रयोगमा कमी आयो । जैविक विषादी प्रयोग बढ्न थाल्यो । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन् । अग्र्या्निक ९प्राङ्गगारिक० तरकारी खेतीले माटो गुणस्तर सुधार हुन्छ । मूल्य पनि[Read More…]

अनि उनी निःशब्द भइन्…

अनि उनी निःशब्द भइन्…

काठमाडौँ – त्यतिबेला उनी साउदी अरबमा थिए । काठमाडौँमा ७ वर्षीया छोरी र सानो छोरा स्याहारेर डेरामा बस्दै आएकी श्रीमतीले जे खबर सुनाइन्, त्यसले उनलाई काममा अडिइरन दिएन । खबर डरलाग्दो सपनाजस्तै थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन् । त्यसपछि के–के भयो ती सब बताउन उनलाई शब्द नपुगेजस्तो लाग्छ । भन्न खोजिएका कुरा पनि घाँटीमै[Read More…]

काठमाडौँ उपत्यकालाई मेट्रोसिटी बनाउन विज्ञको सुझाव

काठमाडौँ उपत्यकालाई मेट्रोसिटी बनाउन विज्ञको सुझाव

काठमाडौं – स्थानीय शासन विज्ञहरूले काठमाडौँ उपत्यकाको एकीकृत विकासका लागि बृहत मेट्रोसिटी निर्माण गर्नुपर्ने सुझाव दिएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा नगेन्द्र सापकोटाले लेखेका छन । यसअघि स्थानीय तह पुनःसंरचना आयोगले उपत्यकाको एकीकृत विकासका लागि राजधानी उपत्यका सहर ९मेट्रोसिटि० निर्माण गर्नुपर्ने सुझाव दिएका थिए । स्थानीय शासन विज्ञ एवं साबिक स्थानीय तह पुनःसंरचना आयोगका सदस्य डा। श्याम भुर्तेलले[Read More…]