Archive for May 9th, 2019

सुत्केरीको सालनाल बिरामीकै झोलामा

सुत्केरीको सालनाल बिरामीकै झोलामा

प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको लापरवाहीका कारण सेवा लिन आउने बिरामी समस्यामा परेका छन् । स्वास्थ्य केन्द्रमा अव्यवस्थित प्रसूति सेवाकक्ष साथै आवश्यक सामग्रीको अभाव भएकै कारण सुत्केरी अवस्थाका महिला यसको शिकार भएका हुन् । एक महीनामा १० सम्म सुत्केरी गराउँदै आएको यस स्वास्थ्य केन्द्रमा प्लासेन्टा (सालनाल) को व्यवस्थापन गर्ने कन्टेनर नहुँदा प्लासेन्टा सुत्केरीलाई नै झोलामा हालेर घर पठाउने गरेको केन्द्रकी प्रसूति[Read More…]

इतिहासमै पहिलो पटक एकै देशका दुई क्लब पुगे च्याम्पियन्स लिगको फाइनलमा

इतिहासमै पहिलो पटक एकै देशका दुई क्लब पुगे च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं, २६ बैशाख । चालू सिजनमा च्याम्पियन्स लिगको उपाधिका लागि दुई इंग्लिस क्लबको जम्काभेट हुने भएको छ । बुधबार राति अयाक्सलाई हराउँदै टोटनहम फाइनलमा पुगेसँगै लिभरपुल र टोटनहमबीच उपाधि भिडन्त पक्का भएको हो । यता लिभरपुलले भने मंगलबार राति बार्सिलोनालाई हराउँदै फाइनल प्रवेश गरेको थियो । उपाधि भिडन्त जुन १ मा एट्लेटिको मड्रिडको मैदानमा हुनेछ । लिभरपुलले यसअघि च्याम्पियन्स लिगको[Read More…]

by May 9, 2019 0 comments खेलकद
मेगन र ह्यारीले तोडे शाही परम्परा, छोराको राखे यस्तो नाम

मेगन र ह्यारीले तोडे शाही परम्परा, छोराको राखे यस्तो नाम

ब्रिटेनका ड्युक र डचेज अफ ससेक्स ह्यारी र मेगनले आफ्नो पहिलो सन्तानको नाम उनीहरुको आधिकारिक इन्स्टाग्राम अकाउन्टमा सेयर गरेका छन् । उनीहरुले पहिलो सन्तानको नाम आर्ची ह्यारिसन माउन्टब्याटन–विन्डसर राखेका छन् । कतिपयले नयाँ शाही सन्तानको नाम आर्थर, एड्वार्ड साथै फिलिप (ह्यारीका हजुरबुवा) हुनसक्ने अनुमान गरेका थिए । तर कसैको पनि अनुमान मिलेन हुन त नवजात शिशुको नाम राख्ने कुनै नियम[Read More…]

by May 9, 2019 0 comments गृहपुष्ठ
अन्यायमा परेकालाई न्याय दिनुपर्छ: मुख्यमन्त्री पौडेल

अन्यायमा परेकालाई न्याय दिनुपर्छ: मुख्यमन्त्री पौडेल

हेटौँडा, २६ वैशाख। प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले न्यायमूर्तिहरुले निष्पक्ष रुपमा अन्यायमा परेकालाई न्याय दिनुपर्ने बताउनुभएको छ । प्रदेश ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा कानून दिवस २०७५ का अवसरमा आज बिहान हेटौँडामा गरिएको कार्यक्रमको उद्घाटन गर्दै उहाँले न्यायाधीश कुनै बेलामा निर्मम बनेर भए पनि न्याय दिनुपर्र्ने बताउनुभयो । अन्यायमा परेकालाई न्याय दिनका लागि कुनै कसर[Read More…]

by May 9, 2019 0 comments गृहपुष्ठ
भारतको सिक्किम र दार्जिलिङमा पोखराको पर्यटनको चर्चा

भारतको सिक्किम र दार्जिलिङमा पोखराको पर्यटनको चर्चा

पोखरा, २६ वैशाख । दिगो पर्यटनका लागि समान सहभागिता भन्ने उद्देश्यका साथ स्थापित पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान)को टोलीले भारतको सिक्किम, दार्जिलिङलगायत क्षेत्रमा पोखराको पर्यटन प्रवद्र्धनमा साझेदारीका लागि छलफल गरेको छ । सिक्किम सरकार ग्रामीण व्यवस्थापन र विकास विभागअन्तर्गतको सिक्किम राज्य ग्रामीण विकास संस्थानको आयोजनामा सिक्किममा आयोजित अन्तक्र्रियामा नेपालको भूबनोट, निकटताजस्ता कारण दुवै देशमा पर्यटकीय साझेदारीका विषयमा जोड दिइएको[Read More…]

by May 9, 2019 0 comments गृहपुष्ठ
अचम्मको रेस्टुरेन्ट जहाँ पहिले पिसाब चेक गरेर, खाना तयार गरिदिन्छ !

अचम्मको रेस्टुरेन्ट जहाँ पहिले पिसाब चेक गरेर, खाना तयार गरिदिन्छ !

सामन्यतया हामी जाने रेष्टुरेन्टमा पहिले नै मेनु हुन्छ र हामी त्यही अनुसार खाना अर्डर गर्छौँ । ती खानाको रेसिपी पनि होटल वा रेस्टुरेन्टले पहिले नै निर्धारण गरेका हुन्छन् । तर, अब जापानमा एउटा यस्तो रेष्टुरेन्टको परिकल्पना गरिएको छ जहाँ ग्राहकको शारीरिक आवश्यकता अनुसार खाना दिइनेछ । जापानी कम्पनी ओपन मिल्सले यस्तो तयारी सुरु गरेको हो । कम्पनीले आफ्नो रेस्टुरेन्टमा ग्राहकसँग[Read More…]

by May 9, 2019 0 comments विविध
प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया प्रस्थान

प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया प्रस्थान

काठमाडौँ, २६ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा ती देशको भ्रमणका लागि आज प्रस्थान गर्नुभएको छ । क्रमशः यही वैशाख २६–३० र वैशाख ३०–जेठ १ गते हुने सो औपचारिक भ्रमणमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य पनि रहनुभएको छ । प्रधानमन्त्री ओलीलाई त्रिभुवन[Read More…]

by May 9, 2019 0 comments गृहपुष्ठ
एडिबीको सहयोगमा सञ्चालित आयोजनाले गति लिँदै

एडिबीको सहयोगमा सञ्चालित आयोजनाले गति लिँदै

कञ्चनपुर, २६ वैशाख। एशियाली विकास बैंक (एडिबी)को सहुलियत ऋण सहयोगमा सुदूरपश्चिम प्रदेशका तीन नगरपालिका र एक उपमहानगरपालिकामा सञ्चालित रु नौ अर्बको क्षेत्रीय शहरी विकास आयोजना निर्माणले गति लिन थालेको हो । चालू आवमा भीमदत्त नगरपालिकामा रु पाँच करोड, शुक्लाफाँटा नगरपालिकामा रु दुई करोड १३ लाख, गोदावरी नगरपालिकामा रु तीन करोड र धनगढी उपमहानगरपालिकामा रु छ करोडका स–साना योजना अगाडि बढाइएको[Read More…]

by May 9, 2019 0 comments अर्थ
अमेरिकामा प्रसूतिजन्य मृत्युदर बढ्यो

अमेरिकामा प्रसूतिजन्य मृत्युदर बढ्यो

वासिङ्टन, २६ बैशाख– संयुक्तराज्य अमेरिकामा प्रसूतिजन्य मृत्युदर बढेको एक अनुसन्धानले देखाएको छ । यस्तो समस्या खासगरी अमेरिकाका कालाजातिका महिलामा बढी देखिएको छ । अमेरिकी रोग नियन्त्रण केन्द्र (सीडीसी) का अनुसार सन् २०११ देखि २०१५ को अवधिमा तीन हजार ४०० भन्दा बढी महिलाको मृत्यु भएको थियो । अर्थात् प्रति एक लाख जीवित जन्ममा करिब १७.२ मृत्यु हुने गरेको छ । गोरा[Read More…]

by May 9, 2019 0 comments गृहपुष्ठ
लमही–घोराही १३२ केभी लाइन सञ्चालन

लमही–घोराही १३२ केभी लाइन सञ्चालन

लमही, २६ वैशाख । दाङको लमही–घोराही १३२ केभी प्रसारण लाइन सञ्चालन भएको छ । लाइन सञ्चालन भएसँगै ३३ केभी लाइन घोराही वितरण केन्द्रबाट वितरण शुरु भएको विद्युत प्राधिकरण वितरण केन्द्र घोराहीका प्रमुख मधुसुदन यादवले बताउनुभयो । “घोराहीको झिग्नीमा शुरु भएको १३२ केभी प्रसारण लाइनअन्तर्गत घोराहीबाट ३२ केभी लाइन शुरु भएको छ”, उहाँले भन्नुभयो, “हामीले यही वैशाख ३ गतेदेखि चार्ज गर्न[Read More…]

by May 9, 2019 0 comments गृहपुष्ठ