Archive for May 5th, 2019

मानवअधिकारको अवस्था सोचेजस्तो सुधार भएन

मानवअधिकारको अवस्था सोचेजस्तो सुधार भएन

बलेवा, २२ वैशाख । देशमा राजनीतिक र सामाजिक अवस्था फेरिए पनि मानवअधिकारको अवस्थामा भने सोचेजस्तो सुधार हुननसकेकोमा सरोकारवालाले चिन्ता व्यक्त गर्न थालेका छन् । छुवाछुत, विभेद, राजनीति र सामाजिक क्षेत्रमा फेरिएर आइरहेको टिप्पणी मानवअधिकारको क्षेत्रमा काम गर्नेहरुको तहमा शुरु भएको छ । राजनीतिक अधिकारसमेत संविधानले तोकेअनुसार नपाएर महिला, दलित, अपाङ्गता र सीमान्तकृत पीडित भइरहेको अधिकारकर्मीको भनाइ छ । फरक÷फरक दलको[Read More…]

by May 5, 2019 0 comments गृहपुष्ठ
फानी आँधीबाट बंगलादेशमा १२ जनाको मृत्यु

फानी आँधीबाट बंगलादेशमा १२ जनाको मृत्यु

खुलान, बङ्गलादेश, २२ वैशाख। बङ्गलादेशको तटीय इलाकामा फानी नाम दिइएको आँधीका कारण आइतबारसम्म १२ जनाको मृत्यु भएको छ । यस आँधीको कारण भारतको उडिसामा १२ लाख, बङ्गलादेशमा १६ लाख व्यक्ति शरणार्थी स्थलमा पुगेका छन् । बङ्गलादेशमा कम्तीमा ३६ ओटा गाउँमा बाढी आएको सो बाढीका परी २ हजार भन्दा बढी घरहरु ध्वस्त भएको एएफपी समाचार समिति जानकारी दिएको छ । छ[Read More…]

by May 5, 2019 0 comments गृहपुष्ठ
जलयात्रा व्यवसाय सङ्कटमा

जलयात्रा व्यवसाय सङ्कटमा

त्रिशूली नदीमा जथाभावी नदीजन्य पदार्थ उत्खननले गर्दा जलयात्रा व्यवसाय सङ्कटमा परेको छ । नदीभित्रै मेसिन प्रयोग गरेर ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्दा जलयात्रा व्यवसाय सङ्कटमा परेका हुन् । लामो समदेखि जलयात्रा व्यवसाय गर्दै आउनुभएका एडभेन्चर रिभर ट्रेलका कमल ठकुरीले नदीमा जथाभावी नदीजन्य पदार्थ उत्खनन र नदीमा फोहर फ्याँक्ने गरेका कारण जलयात्रा व्यवसाय सङ्कटमा परेको बताउनुभयो । उहाँले भन्नुभयो, “त्रिशूली नदीमा[Read More…]

नीति तथा कार्यक्रममा छलफल हुँदै

नीति तथा कार्यक्रममा छलफल हुँदै

सङ्घीय संसद्को प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममा छलफल प्रारम्भ हुँदैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख २० गते शुक्रबार राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरिएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०७६÷७७ का लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । आजको कार्यसूचीअनुसार नेपाल सरकारको वार्षिक नीति[Read More…]

by May 5, 2019 0 comments गृहपुष्ठ
आज सुनचाँदीको मूल्य बढ्यो

आज सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ, २२ वैशाख । आज आइतबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा १ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ५९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ५८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले[Read More…]

by May 5, 2019 0 comments अर्थ
आजको विदेशी मुद्राको विनिमयदर

आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २२ बैशाख । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर निम्नानुसार रहेको छ,

by May 5, 2019 0 comments अर्थ
गोकर्णेश्वर महादेव मन्दिर जीर्णोद्धार शुरु

गोकर्णेश्वर महादेव मन्दिर जीर्णोद्धार शुरु

काठमाडौँ, २२ वैशाख । लिच्छविकालमा निर्माण भएको ऐतिहासिक, धार्मिक, सांकृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण गोकर्णेश्वर महादेव मन्दिर जीर्णोद्धार एवं छाना फेर्ने काम शुरु भएको छ । तीनतले प्यागोडा शैलीको मन्दिरमा दुई तला झिँगटीले छाइएको छ । तलका ठूला दुई तला झिँगटीले छाएको मन्दिर जीर्ण बनेको थियो । पुरातात्विक महत्वका काठ बिग्रन थालेको थियो । टुँडाल झर्न थालेका थिए । मन्दिर[Read More…]

by May 5, 2019 0 comments गृहपुष्ठ
आज विश्व हाँसो दिवस, मन खोलेर हाँस्नुस्, हाँस्नुका फाइदा यस्ता छन्

आज विश्व हाँसो दिवस, मन खोलेर हाँस्नुस्, हाँस्नुका फाइदा यस्ता छन्

काठमाडौं, २२ बैशाख । आज २१ औं विश्व हाँसो दिवस याने कि आज मन खोलेर हाँस्ने दिन । पछिल्लो केही वर्षबाट नेपालमा पनि यो दिवस मनाईँदै आएको छ । हास्न स्वास्थ्यका लागि अत्यन्तै फाइदाजनक मानिन्छ, जो मानिस सदा खुशी हुन्छ अनि हाँस्छ उ धेरै बाँच्ने विश्वास गरिन्छ । दैनिक १० देखि १५ मिनेटसम्म हाँस्नाले ४० क्यालोरीसम्म घटाउन सकिने डाक्टहरू बताउछन्[Read More…]

by May 5, 2019 0 comments स्वास्थ्य
निर्माणाधीन पोखरीमा डुबेर किशोरको मृत्यु

निर्माणाधीन पोखरीमा डुबेर किशोरको मृत्यु

भद्रपुर, २२ वैशाख । झापाको मेचीनगर नगरपालिका– ९ मा निर्माणाधीन पोखरीमा डुबेर १५ वर्षीय प्रनिल प्रसार्इंको मृत्यु भएको छ । मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह बिट नंं १ ले पर्यटन प्रवद्र्धनका लागि बनाउँदै गरेको पोखरीमा पौडी खेल्ने क्रममा उनको शनिबार दिउँसो मृत्यु भएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ । छ साथीसँग पौडी खेल्न पोखरीमा पसेका प्रसार्इं बाहिर ननिस्किएपछि साथीहरुले[Read More…]

by May 5, 2019 0 comments गृहपुष्ठ
काबेली कोरिडोर विद्युत् लाइनको परीक्षण प्रशारण

काबेली कोरिडोर विद्युत् लाइनको परीक्षण प्रशारण

फिदिम, २२ वैशाख । पूर्वी पहाडमा निर्माणाधीन काबेली कोरिडोर १३२ केभी प्रशारण लाइन आयोजना निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । ९०.०२१ किलोमिटर लामो कोरिडोरको दोस्रो खण्डमा शनिबारबाट परीक्षण प्रशारण शुरु गरिएको छ । मुआब्जा वितरण, रुख कटानीलगायतका समस्याका कारण लामो समय अवरोध भएको कोरिडोरको इलाम–फिदिम खण्ड निर्माण पूरा भई शनिबारबाट परीक्षण प्रसारण शुरु गरिएको हो । ४२.८८ किलोमिटर लामो[Read More…]

by May 5, 2019 0 comments विविध