Archive for May 3rd, 2019

गैरसरकारी सस्था महासंघमा दाहाल

गैरसरकारी सस्था महासंघमा दाहाल

ललितपुर । गैर सरकारी सस्था महासंघ ललितपुरको २४ औ बार्षिक साधारणसभा तथा ८ औ अधिबेसनले नेपाल प्रदुषण नियन्त्रण तथा वातावरण निर्माण केन्द्र नेप्सेम्याकका टीकाराम दाहालको अध्यक्षतामा नया नेतृत्व चयन गरिएको छ । शुक्रबार सम्पन्न अधिबेसनले चयन गरेको कार्यसमितिको उपाध्यक्षमा लुनिभा बाल सरोकार केन्द्रका नरेन्द्र डङ्गोल, सचिबमा पाटन सीबीआरका लुनिभा चित्रकार, उपसचिबमा सोरेकका दिपना शर्मा, कोषाध्यक्षमा जागरुक महिला समुहका नन्दा ताम्राकार[Read More…]

मापदण्डविपरीत सञ्चालित पेट्रोल पम्प हटाइने

मापदण्डविपरीत सञ्चालित पेट्रोल पम्प हटाइने

काठमाडौँ, २० वैशाख । काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले मापदण्डविपरीत सञ्चालित पेट्रोल पम्प हटाइने बताउनुभएको छ । महानगरीय ट्राफिक प्रहरी प्रभाग कलङ्कीले आज यहाँ आयोजना गरेको ‘कलङ्की क्षेत्रको ट्राफिक व्यवस्थापनका लागि छलफल’मा उहाँले काठमाडौँको ट्राफिक सुधारका लागि सडक वरपर मापदण्डविपरीत सञ्चालित पेट्रोल पम्प हटाउन लागेको बताउनुभएको हो । “यातायात क्षेत्रको सुधारका लागि अस्तव्यस्त ढङ्गले सञ्चालन गर्न लागेको बस काउन्टर[Read More…]

by May 3, 2019 0 comments गृहपुष्ठ
‘ललितपुरमा बाध्यात्मक लोडसेडिङ हुनसक्छ’

‘ललितपुरमा बाध्यात्मक लोडसेडिङ हुनसक्छ’

थानकोट–चापागाउ“–भक्तपुर १३२ केभी प्रसारणलाइन बन्न नदिएमा ललितपुरमा लोडसेडिङ हुने सम्भावना देखिएको छ । विद्युत्को माग बढिरहेको तर हाल विद्युत् आपूर्ति गर्ने फिडरको क्षमताले नधान्ने हु“दा माग र आपूर्तिको सन्तुलन मिलाउन ललितपुरमा लोडसेडिङ गर्नुपर्ने बाध्यात्मक अवस्था आउन लागेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलनमान घिसिङले बताउनुभयो । काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिमा सुधार गर्न महŒवपूर्ण मानिएको थानकोट–चापागाउ“–भक्तपुर प्रसारणलाइन आयोजनाको ललितपुर खण्डमा स्थानीय[Read More…]

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुदै

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुदै

काठमाडौँ, २० बैशाख । सरकारले आर्थिक वर्ष २०७६र७७ को वार्षिक नीति तथा कार्यक्रम आज शुक्रबार संघीय संसद्मा सार्वजनिक गर्ने भएको छ । आज दिउँसो ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछिन् । संवैधानिक व्यवस्थामा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम संसद्मा पेस गर्ने व्यवस्था छ । यो वर्ष बजेट पूर्वको छलफल अघि[Read More…]

by May 3, 2019 0 comments गृहपुष्ठ
आज र भोलि हेलिकप्टर नउडाउन सरकारको अनुरोध

आज र भोलि हेलिकप्टर नउडाउन सरकारको अनुरोध

काठमाडौँ, २० बैशाख । सरकारले आज र भोलि पूर्वी हिमाली क्षेत्रमा हेलिकप्टर नउडाउन अनुरोध गरेको छ । समुद्री चक्रवात फानीको प्रभावले हिमाली भेगमा भारी हिमपात हुने सम्भावना रहेको भन्दै राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रले आज र भोलि पूर्वी हिमाली क्षेत्रमा हेलिकप्टर नउडाउन अनुरोध गरेको हो । यस्तै पदयात्रा र हिमाल आरोहणमा निस्किएलाई सुरक्षित स्थानमा बस्न पनि केन्द्रले आग्रह गरेको छ ।

by May 3, 2019 0 comments गृहपुष्ठ
आजको विदेशी मुद्राको विनिमयदर

आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २० बैशाख । नेपाल राष्ट्र बैंकले आज शुक्रबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ ।

by May 3, 2019 0 comments अर्थ
उडिसामा समुद्री आँधी फानी, नेपालमा पनि केही प्रभाव पर्न सक्ने

उडिसामा समुद्री आँधी फानी, नेपालमा पनि केही प्रभाव पर्न सक्ने

काठमाडौँ, २० वैशाख । शक्तिशाली समुद्री आँधी ‘फानी’ शुक्रवार बिहान भारतको तटवर्ती राज्य ओडिशाको स्थल क्षेत्रमा प्रवेश गरेको जनाएको छ बीबीका अनुसार बङ्गाल खाडीमा बनेको सो समुद्री आँधी झन्डै २०० किलोमिटर प्रतिघण्टाको वेगले अघि बढिरहेको छ । आँधीको प्रभावले त्यहाँ वर्षा हुन सुरु भएको छ । भारतको मौसम विभागका अनुसार फानी ओडिशाको पुरीमा आइपुगेको छ । पूर्वानुमान महाशाखाका अनुसार फानीको[Read More…]

by May 3, 2019 0 comments गृहपुष्ठ
सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ, २० बैशाख । आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ३ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ५८ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, आज चाँदी तोलामा चाँदी ५ रुपैयाँले घटेर प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको[Read More…]

by May 3, 2019 0 comments अर्थ
६० किलो गाँजासहित एक भारतीय पक्राउ

६० किलो गाँजासहित एक भारतीय पक्राउ

इनरुवा, २० वैशाख । सुनसरीको कोशी गाउँपालिका–१ राजापोखरी नजिकबाट गए राति ६० किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुपौल जिल्ला बनैलीपट्टी–२ घर भएका दसरश मेहता रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिनुभयो । नेपालबाट भारततर्फ तस्करी गरेर गाँजा लगिरहेको भनी गोप्य सूचनाका अधारमा सशस्त्र प्रहरीको टोलीले मेहतालाई ६० किलो गाँजासहित पक्राउ गरेको सुनसरीका[Read More…]

by May 3, 2019 0 comments गृहपुष्ठ
स्याङ्जा र कास्कीका संस्था स्वास्थ्य बीमामा आबद्ध

स्याङ्जा र कास्कीका संस्था स्वास्थ्य बीमामा आबद्ध

पोखरा, २० वैशाख । स्वास्थ्य बीमा कार्यक्रमसँग कास्की र स्याङ्जा जिल्लाका विभिन्न छ सेवा प्रदायक संस्था आबद्ध भएका छन् । स्वास्थ्य बीमा बोर्डद्वारा सेवा प्रदायक अस्पतालका लागि आयोजित स्वास्थ्य बीमा व्यवस्थापन सूचना प्रणाली विषयक तीनदिने तालीमको समापनका अवसरमा कास्कीको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र, नयाँबजारसहितका संस्था सम्झौता गरी स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका हुन् । त्यस्तै स्याङ्जा जिल्लाअन्तर्गतका जिल्ला अस्पताल स्याङ्जा,[Read More…]

by May 3, 2019 0 comments स्वास्थ्य