Archive for April, 2019

उपत्यकासहित देशभर गर्मी बढ्यो

उपत्यकासहित देशभर गर्मी बढ्यो

काठमाडौँ, १७ वैशाख । काठमाडौं उपत्यकासहित देशभर मौसम सफा भएकाले तापक्रम बढेर गर्मी भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केहीदिन अघिसम्म सक्रिय रहेको प्रिमनसुन अहिले कमजोर हुँदा मौसम सफा रहेको छ भने प्रि–मनसुन जारी रहे पनि अहिले मौसम बदली गर्ने ‘सिस्टम’ सक्रिय नरहेकाले देशभर तापक्रम बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद्को भनाइ छ । मंगलबार काठमाडौंको[Read More…]

by April 30, 2019 0 comments अर्थ
घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, १७ वैशाख । आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा २ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, आज चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले[Read More…]

by April 30, 2019 0 comments अर्थ
बुर्किनाफासोको चर्चमा आक्रमण, छ जनाको मृत्यु

बुर्किनाफासोको चर्चमा आक्रमण, छ जनाको मृत्यु

बुर्किनाफासो, १७ बैशाख। अफ्रिकी मुलुक बुर्किनाफासोको प्रोटेस्टेन्ट सम्प्रदायको गिर्जाघर (चर्च)मा आइतबार भएको आक्रमणमा छ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार अरु दुई जना सम्पर्कविहीन भएका छन् । मोटरसाइकलमा आएका आक्रमणकारीले चर्चभित्र रहेका मानिसलाई लक्षित गरी अन्धाधुन्ध गोली चलाएका थिए । एक जना प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीले शुरुमा हावामा गोली चलाएका थिए । सरकारका प्रवक्ता रेमी फुल्गान्स डान्जिनोले जातीय हिंसा बढेसँगै[Read More…]

by April 30, 2019 0 comments गृहपुष्ठ
बस टिकट काउन्टरमा कार्यरत कर्मचारीलाई अनिवार्य पोशाक

बस टिकट काउन्टरमा कार्यरत कर्मचारीलाई अनिवार्य पोशाक

सार्वजनिक बसका टिकट काउन्टरमा कार्यरत कर्मचारीले अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने भएको छ । काठमाडौँ महानगरपालिका, ट्राफिक प्रहरी र यातायात व्यवसायीको छलफल अनुसार अब सार्वजनिक बसका टिकट काउण्टरमा कार्यरत कर्मचारीले अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने व्यवस्था गरिएको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउदेश्यीय प्रालिको संयुक्त आयोजनामा उक्त अभियान सोमबार नयाँ बसपार्कबाट शुरु गरिएको छ[Read More…]

by April 30, 2019 0 comments गृहपुष्ठ
देवदहका पार्कमा बौद्धकालीन सभ्यता

देवदहका पार्कमा बौद्धकालीन सभ्यता

लुम्बिनी, १७ वैशाख। रुपन्देहीको देवदहमा रहेका पार्कमा बौद्धकालीन सभ्यता झल्किने गरी चित्र र मूर्ति राखिने भएको छ । प्राचीन कोलिय गण राज्यको राजधानीका रुपमा रहेको देवदहका पार्कमा कोलिय सभ्यता झल्किने गरी मौलिक किसिमका मूर्ति र चित्र राखिने तयारी थालिएको हो । ड्रिम देवदह युनिटी फर चेन्जको अगुवाइमा देवदहलाई नमूना पार्कको शहर बनाउने गरी अभ्यास थालिएको अभियन्ता सिद्धिचरण भट्टराईले बताउनुभयो ।[Read More…]

by April 30, 2019 0 comments गृहपुष्ठ
असिनाका कारण कृषक मर्कामा

असिनाका कारण कृषक मर्कामा

पोखरा, १७ वैशाख। पोखरामा सोमबार दिउँसो परेको असिनाका कारण बालीनालीमा क्षति पु¥याएपछि कृषक मर्कामा परेका छन् । व्यावसायिक कृषि सञ्चालन हुँदै आएका कास्कीको बाघमारा, मालेपाटन, छोरेपाटन, विरौटालगायतका क्षेत्रमा असिनाले ठूलो क्षति पु¥याएको छ । असिनाले फल्दै गरेको लहरेबालीका साथै मौरीपालक किसानलाई पनि क्षति पु¥याएको लामगादी मौरीपालन केन्द्र पोखरा महानगरपालिका–३३ का सञ्चालक शिवराज भण्डारीले जानकारी दिनुभयो । लगातार ठूलो सङ्ख्यामा परेको[Read More…]

by April 30, 2019 0 comments कृषि, गृहपुष्ठ
स्थानीय तहमा रिक्त पदपूर्तिका लागि विवरण पठाउन निर्देशन

स्थानीय तहमा रिक्त पदपूर्तिका लागि विवरण पठाउन निर्देशन

काठमाडौँ, १७ वैशाख। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ स्थानीय तहलाई रिक्त पदपूर्तिका लागि मागबमोजिम विवरण पठाउन निर्देशन दिएको छ । रिक्त पदपूर्तिका लागि सबै स्थानीय तहलाई अपुग कर्मचारीको विवरण पठाउन निर्देशन दिइएको मन्त्रालयका शाखा अधिकृत किरण थापाले जानकारी दिनुभयो । उहाँले सबै स्थानीय तहलाई यही वैशाख २० गतेभित्र रिक्त पदपूर्तिका लागि माग आकृति फाराम भरी पठाउन निर्देशन दिइएको[Read More…]

by April 30, 2019 0 comments गृहपुष्ठ
सडक धुलाम्य हुँदा जनतालाई सास्ती

सडक धुलाम्य हुँदा जनतालाई सास्ती

सिद्धराज भट्ट धनगढी, १७ वैशाख । धनगढीको मोहना पुलदेखि अत्तरिया चोकसम्मको निर्माणाधीन ‘छ लेन’ सडक धुलाम्य हुँदा सर्वसाधारणको आवागमन असहज बनेको छ । बढ्दै गएको गर्मीसँगै चल्ने हावाहुरीका कारण सुदूरपश्चिम प्रदेशको राजधानी शहर धनगढी प्रवेश गर्ने उक्त सडकमा यतिबेला हिँड्नै नसकिने गरी धुलो उड्न थालेपछि सर्वसाधारणलाई सास्ती हुने गरेको हो । सुदूरपश्चिम प्रदेशसभाको बैठकको विशेष समयमा बोल्ने सदस्यले उक्त सडक[Read More…]

by April 30, 2019 0 comments गृहपुष्ठ
नगर प्रमुखद्वारा तलब भत्ता विपन्न परिवारको स्वास्थ्य बीमामा खर्च

नगर प्रमुखद्वारा तलब भत्ता विपन्न परिवारको स्वास्थ्य बीमामा खर्च

गोरखाको पालुङटार नगरपालिकाका प्रमुख इञ्जिनीयर दीपकबाबु कँडेलले तलब भत्ताबापतको रकमबाट विपन्न परिवारको स्वास्थ्य बीमा गराउन शुरु गर्नुभएको छ । नगर प्रमुख कँडेलले यसअघि गरेको घोषणाबमोजिम सेवासुविधाको रकमबाट असहाय तथा विपन्न परिवारका व्यक्तिको स्वास्थ्य बीमा गराउन शुरु गर्नुभएको हो । उहाँले पहिलोपटक सोमबार पालुङटार नगरपालिका–४ का कृष्णबहादुर घर्तीका सबै परिवारको स्वास्थ्य बीमा गराउनुभएको छ । “मैले मेरो कार्यकालको एक वर्षभरि प्राप्त[Read More…]

by April 30, 2019 0 comments गृहपुष्ठ
भौगोलिक विकटता र विद्यार्थी सङ्ख्यालाई आधार मानी विद्यालय समायोजन

भौगोलिक विकटता र विद्यार्थी सङ्ख्यालाई आधार मानी विद्यालय समायोजन

खलङ्गा, १७ वैशाख । जुम्लाको तिला गाउँपालिकाले भौगोलिक विकटता र विद्यार्थी सङ्ख्यालाई आधार मानी गाउँपालिकामा रहेका विद्यालयलाई समायोजन गरेको छ । गाउँपालिकाले रासा, चुलाकोट र खोलीगाउँ विद्यालयलाई समायोजन गरेको गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताउनुभयो । गाउँपालिकाभित्र जम्मा तीन साविकको उच्च माध्यमिक विद्यालय रहेकामा दुई विद्यालयलाई कक्षा घटाइएको छ । सीता मावि राराको साविकको संरचना कक्षा १ देखि १२ रहेकामा अब[Read More…]

by April 30, 2019 0 comments शिक्षा