सरकार

सप्तरीबाट तराइलाइ समुद्रसङ्ग जोडिन्छ: प्रम ओली

सप्तरीबाट तराइलाइ समुद्रसङ्ग जोडिन्छ: प्रम ओली

जनकपुर— प्रधानमन्त्री केपी शर्मा ओलीले तराइको सप्तरीबाट नेपाललाइ समुद्रसङ्ग जोडिन लागेको बताउनुभएको छ । प्रदेश नम्बर २ सबैभन्दा बढी सम्भावना बोकेको प्रदेश भएको पनि प्रधानमन्त्री ओलिले बताउनुभएको छ । जनकपुरमा आज २ नम्बर प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले प्रदेशको विकासका लागि संघीय सरकारले विशेष नीति बनाएको जानकारी दिनुभयो । जनताको आधारभूत आवाश्कता पूरा गर्दै तराई मधेसमा कृषिको आधुनिकीकरण गरिने प्रधानमन्त्रीले[Read More…]

गरिबी र लोकतान्त्रिक गणतन्त्र संगसंगै जान सक्दैनः प्रधानमन्त्री ओली

गरिबी र लोकतान्त्रिक गणतन्त्र संगसंगै जान सक्दैनः प्रधानमन्त्री ओली

१५ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी र लोकतान्त्रिक गणतन्त्र संगसंगै जान नसक्ने भन्दै सुशासन र विकास आजको प्राथमिकता भएको बताउनुभएको छ । गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले त्यसका लागि आज असान्दर्भिक भएका हिजोका कतिपय उपयोगी नीति, विधि र संरचनाहरु परिवर्तन, परिमार्जन र संशोधन गरिने जानकारी दिनुभयो । गणतन्त्रलाई संस्थागत गर्न,[Read More…]

स्थानीय तहमा भ्रष्टाचार मौलाउँदै, अख्तियार संयन्त्र सुस्त

स्थानीय तहमा भ्रष्टाचार मौलाउँदै, अख्तियार संयन्त्र सुस्त

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात प्रदेश र स्थानीय तहमा भएका विसंगतिविरुद्ध अनुसन्धान चुस्त बनाउन नसकेको देखिएको छ । आजकोनागरिकले पहिलो पृष्ठमा समाचार छापेको छ । प्रदेश  र स्थानीय तहमा अख्तियार दुरुपयोगबारे सुक्ष्म तहबाट अनुसन्धान गर्ने आयोगको प्रभावकारी संयन्त्र नहुँदा स्थानीय तहमा भ्रष्टाचार मौलाउन थालेको छ । स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सचिवबाट भएका भ्रष्टाचारका उजुरी दैनिकजसो अख्तियारमा आउन थालेका[Read More…]

१५ हजार सुरक्षाकर्मी ‘घरेलु कामदार’

१५ हजार सुरक्षाकर्मी ‘घरेलु कामदार’

९ चैत,काठमाडौ/१५ हजार सुरक्षाकर्मी ‘घरेलु कामदार’ रहेको पाइएको छ । करिब १५ हजार सुरक्षाकर्मी उच्चपदस्थको घरमा घरेलु काम गर्न विवश रहेको पाइएको हो। हजारौंको संख्यामा सेना र प्रहरी घरेलु कामदारको रूपमा रहेको पाइएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई एक साताभित्र फिर्ता गर्न गृहमन्त्री रामबहादुर थापा र रक्षामन्त्री ईश्वर पोखरेललाई निर्देशन दिएका छन भन्दै आजको अन्नपूर्णमा खवर छ । प्रधानमन्त्रीको निर्देशनलगत्तै[Read More…]

वैदेशिक हस्तक्षेप विरुद्ध इयुलाई सरकारको कडा जवाफ राजनीतिक मुद्धामा नबोल

वैदेशिक हस्तक्षेप विरुद्ध इयुलाई सरकारको कडा जवाफ राजनीतिक मुद्धामा नबोल

काठमाडौँ: परराष्ट्र मन्त्रालयले युरोपेली युनियनको निर्वाचन पर्यवेक्षण मिसनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पर्यवेक्षणबारे दिएको अन्तिम प्रतिवेदनमा गम्भीर आपत्ति जनाएको छ । ‘प्रतिवेदनका केही सुझावले नेपालको संविधान कार्यान्वयनमा कोशेढुंगा सावित भएको शान्तिपूर्ण, स्वच्छ र धाँधलीरहितरुपमा सम्पन्न निर्वाचनलाई नजरअन्दाज गरेको छ’, परराष्ट्र मन्त्रालयका प्रवक्ताले बुधबार साँझ निकालेको विज्ञप्तीमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षणको कार्यक्षेत्र र मान्यताविपरीत देखिएकाले यो प्रतिवेदनका सुझाव पनि फिर्ता[Read More…]

सरकार कागजी समृद्धिमा मात्रै अल्झँदैनः प्रम ओली

सरकार कागजी समृद्धिमा मात्रै अल्झँदैनः प्रम ओली

१८ फागुन , काठमाण्डौ /प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कागजी रुपमा मात्र समृद्धिको कुरा गर्ने नभई जनताले अनुभुत गर्नेगरी नै समृद्धिका काम गर्ने बताएका छन् । शुक्रबार शिक्षण अस्पताल महाराजगञ्जमा मनमोहन सेन्टर एनेक्स भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्‘हामीले समृद्धि प्राप्त ग¥यौँ भनेर मात्र हुँदैन ।’ कार्यक्रममा बोल्दै प्रानमन्त्री ओलीको भनाइ छ ‘जनताको जीवन स्तरबाट यस कुराको पुष्टि हुनुपर्छ[Read More…]

k|wfgdGqL s]kL zdf{ cf]nL o'jf tyf v]ns'b dGqfnon] z'qmaf/ k|wfgdGqL lgjf; afn'jf6f/df cfof]lht ljZjsk lqms]6 5gf}6 r/0fdf k'Ug ;kmn /fli6«o lqms]6 6f]nLsf ;fy, sfo{qmddf ;/sf/n] lqms]6 6f]nLsf ;Dk"0f{ v]nf8LnfO{ gub ;lxt ;Ddfg u/]sf] 5 . tl:a/ M gjLg kf}8]n, /f;;

जन्मदिनको परिचय बदल्ने ‘ओलीको जन्मोत्सव’, राष्ट्रिय दिवसभन्दा भीडभाड

११ फागुन, काठमाडौं /स्थान प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार । दिनभरको भीडभाड र हुलमुलले देखिन्थ्यो यहाँ कुनै सरकारी उत्सव वा राष्ट्रिय दिवस छ । बालुवाटारमा बिहानैदेखी रौनक थियो । विहिबार दिनभरी यतिधेरै भिड थियो बालुवाटारमा कुनै मेला नभएर प्रधानमन्त्री केपी शर्मा ओलीले ६७ औं जन्मदिनको कार्यक्रम थियो । विसं.२००८ फागुन ११ मा तेह्रथुमको इवामा जन्मिएका प्रधानमन्त्री केपी शर्मा ओली बिहीबारदेखि ६७[Read More…]

ओली क्याविनेटको चर्चाका नयाँ अनुहार

ओली क्याविनेटको चर्चाका नयाँ अनुहार

१० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विहिबार मन्त्रीपरिषद्लाई पूर्णता दिने चर्चा चल्दै गर्दा चोक चियापसल चौतारासम्म को नयाँ अनुहार मन्त्री बन्ला ? भन्ने चर्चा व्यापक छ । प्रधानमन्त्रीले आफ्नो सपथ ग्रहणसंगै लालबाबु पण्डित र थममायाँ थापाको सपथ ग्रहण गराएकाले पनि अवको ओली क्याविनेट कस्तो होला भन्ने अनुमान हुन थालेको छ । चर्चामा आएका जनताले माग गरेका केही नेताहरु[Read More…]

अब बन्ने सरकारसँगका अपेक्षा

अब बन्ने सरकारसँगका अपेक्षा

सुनिता बराल नेपाली जनताले गरेको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणासँगै नेपालमा नयाँ संविधान अनुसार सङ्घीयता र राज्य पुनःसंरचनाको नयाँ पक्ष प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएको छ । नयाँ संविधान बमोजिम विभिन्न जात, धर्म, लिङ्ग, भूगोलको समावेशी सहभागीता सहितका स्थानीय निकाय र तहहरु समेत निर्माण भएका छन् । अब देशलाई सामाजिक आर्थिक रुपान्तरणका माध्यमबाट सामाजिक न्यायमा अधारित, लोकतान्त्रिक,[Read More…]

भ्रष्टाचार विरुद्ध बोल्न नपाइने ! अनसन बस्ने गोविन्द केसी पक्रन आदेश

भ्रष्टाचार विरुद्ध बोल्न नपाइने ! अनसन बस्ने गोविन्द केसी पक्रन आदेश

काठमाडौँ — न्यायालयमा भएको अपारदर्शिता र भ्रष्टाचारको विरुद्धमा आन्दोलन गर्ने घोषणा सहित अनसनमा बसेका डा.गोविन्द केसीलाई पक्राउ गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतले डा। केसीलाई म‌ंगलबार बिहान ९ बजे पक्राउ गरी उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको हो । न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले अदालतको अवहेलनाको मुद्दामा केसीलाई पक्राउ आदेश दिएको हो ।[Read More…]