शिक्षा

अगुवा शिक्षासेवी बाँस्कोटाको निधन

अगुवा शिक्षासेवी बाँस्कोटाको निधन

ललितपुर । शैक्षिक अभियन्ता, अगुवा शिक्षासेवी तथा नेपाल राष्ट्रिय शिक्षक संगठन ललितपुरका संस्थापक नारायणप्रसाद बाँस्कोटाको शुक्रबार राती निधन भएको छ । किटिनी कलेजका प्रमुख, किटिनी माविका पूर्व प्रअ समेत रहनुभएका बाँस्कोटाको ७६ वर्षको उमेरमा निधन भएको हो । बाँस्कोटा ललितपुरको पेशागत तथा नागरिक आन्दोलनहरुमा समेत योगदान पुर्याउनुभएको थियो । उहाँले लामो समय शिक्षा क्षेत्रमा विताएकाले शिक्षकका पेशागत संघसंगठन तथा उहाँका[Read More…]

पिताको स्मृतिमा विद्यालय भवन निर्माण

पिताको स्मृतिमा विद्यालय भवन निर्माण

बलेवा, २३ वैशाख । बागलुङ जिल्लाको अमलाचौरका दुई व्यवसायीले आफैँले अध्ययन गरेको विद्यालयमा आफ्ना बाबुको स्मृतिमा रु छ करोड खर्चेर पक्की विद्यालय भवन निर्माण गरेका छन् । देशकै प्रतिष्ठित आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र उहाँका भाइ हेमराज ढकालले बागलुङ नगरपालिका–१२ को अमलाचौरमा रहेको पृथ्वी हीरण्य माध्यमिक विद्यालयमा करीब रु छ करोड २४ लाख खर्चेर विद्यालय भवन निर्माण गर्नुभएको हो[Read More…]

by May 6, 2019 0 comments शिक्षा
शिक्षक सरुवा फुकुवा

शिक्षक सरुवा फुकुवा

काठमाडौँ, २३ वैशाख । शिक्षा, विकास तथा मानव स्रोत विकास केन्द्रले स्थायी शिक्षक पदस्थापनाका लागि गत गत महीना रोक्का गरेको शिक्षक सरुवा फुकुवा गरेको छ । शिक्षक सेवा आयोगको आन्तरिक प्रतिस्पर्धाबाट सफल शिक्षकको पदस्थापन हुन थालेपछि विभागले गत चैत ११ मा सरुवा रोक्न निर्देशन दिएको थियो । विभागका महानिर्देशक बाबुराम पौडेलले आन्तरिकतर्फको पदस्थापन र अवकाशका कारण कतिपय विद्यालयमा शिक्षक व्यवस्थापन[Read More…]

by May 6, 2019 0 comments शिक्षा
भौगोलिक विकटता र विद्यार्थी सङ्ख्यालाई आधार मानी विद्यालय समायोजन

भौगोलिक विकटता र विद्यार्थी सङ्ख्यालाई आधार मानी विद्यालय समायोजन

खलङ्गा, १७ वैशाख । जुम्लाको तिला गाउँपालिकाले भौगोलिक विकटता र विद्यार्थी सङ्ख्यालाई आधार मानी गाउँपालिकामा रहेका विद्यालयलाई समायोजन गरेको छ । गाउँपालिकाले रासा, चुलाकोट र खोलीगाउँ विद्यालयलाई समायोजन गरेको गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताउनुभयो । गाउँपालिकाभित्र जम्मा तीन साविकको उच्च माध्यमिक विद्यालय रहेकामा दुई विद्यालयलाई कक्षा घटाइएको छ । सीता मावि राराको साविकको संरचना कक्षा १ देखि १२ रहेकामा अब[Read More…]

by April 30, 2019 0 comments शिक्षा
मुगुमा अझै पुगेन पाठ्यपुस्तक

मुगुमा अझै पुगेन पाठ्यपुस्तक

मुगु, १० वैशाख । हिमाली जिल्ला मुगुमा शैक्षिक सत्र सुरु भएको एक साताभन्दा बढी हुँदा समेत विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन् । शैक्षिक सत्र सुरु नहुँदै सबै जिल्लामा पाठ्यपुस्तक पु¥याउने भनिए पनि मुगुका चार वटा स्थानीय तहमध्ये खत्याड गाउँपालिकाबाहेक अन्य तहमा पाठ्य पुस्तक पुगेको छैन । खत्याड गाउँपालिकामा रहेका ४१ विद्यालयका ३ हजार ९९० जना विद्यार्थीले नयाँ पाठ्यपुस्तक पाएको जिल्ला शिक्षा[Read More…]

आजदेखि एसईई परीक्षा : नायिकादेखि सांसदसम्म

आजदेखि एसईई परीक्षा : नायिकादेखि सांसदसम्म

काठमाडौं १० चैत । नायिका करिष्मा मानन्धर काठमाडौंबाट एसईईको जाँच दिँदैछिन् । नेकपाकी सचेतक शान्ता चौधरी पनि गृहजिल्ला दाङको तुल्सीपुरमा एसईईकी परीक्षार्थी हुन् । अभिनेत्री मानन्धर र मुक्त कमैयाबाट सक्रिय राजनीतिमा आएकी चौधरीसँगै मुलुकभर ४ लाख ७५ हजार परीक्षार्थी आइतबार सुरु एसईईमा सहभागी हुँदैछन् । परीक्षार्थीहरू स्कुले उमेर १४ देखि १८ वर्षका मात्रै छैनन्, सेलेब्रिटी, जनप्रतिनिधि र बूढापाका पनि छन्।[Read More…]

by March 24, 2019 0 comments शिक्षा
नेकपा सचेतक चौधरी एसइइ परीक्षामा सहभागी

नेकपा सचेतक चौधरी एसइइ परीक्षामा सहभागी

दाङ/सत्तारुढ दल नेकपाकी सचेतक शान्ता चौधरी आइतबारबाट सुरु भएको एसइइ परीक्षामा सामेल हुनुभएको छ । उमेरले शिक्षालाई नरोक्ने भन्दै एसइइ परीक्षा दिने तयारी सहित सक्रिय चौधरी केही दिनअघि कार्यक्रमको दादैडधुप र परीक्षाको तनावले बेहोस भएको समाचार सार्वजनिक भएपछि देशैभर शुभेच्छुकहरुले शुभकामना दिईरहेका छन् । चौधरीले निकै ठूलो संघर्षपूर्ण जीवन भोगेको इतिहासले गर्दा पनि चौधरीको चर्चा बढेको हो । ५ नं[Read More…]

सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइपछि विद्यार्थी बढे

सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइपछि विद्यार्थी बढे

वासुदेव पौडेल पोखरा, ४ चैत । अधिकांश सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कदै गएका बेला विद्यार्थी, शिक्षक र अभिभावकको सामुहिक प्रयासले यहाँको एक विद्यालयमा विद्यार्थी सङ्ख्या भने बढ्दै गएको छ । चार वर्ष अघि ३५० विद्यार्थी रहेको पोखरा महानगरपालिका–३३ बाघमारास्थित सरस्वती टिका माध्यमिक विद्यालयमा अहिले बढेर एक हजार १३२ पुगेका छन् । “समयको माग अनुरुप नेपाली तथा अङ्ग्रेजी माध्यममा पढाइ शुरु[Read More…]

३१ विद्यार्थीले एसइई दिनबाट बञ्चित

३१ विद्यार्थीले एसइई दिनबाट बञ्चित

म्याग्दी, ४ चैत । म्याग्दीमा हाजिरी नपुगेका कारण ३१ विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन नपाउने भएका छन् । पचहत्तर प्रतिशत हाजिरी नपुगेका कारण आगामी हप्तादेखि शुरु हुने एसइईमा सहभागी हुन नपाउने भएका हुन् । वञ्चित हुनेमध्ये पाँच धौलागिरि गाउँपालिका–२ को लमसुङ माविका छन् भने प्रकाश माविमा सञ्चालित खुला विद्यालयबाट एसइईका लागि आवेदन फारम भरेका ३० मध्ये पाँच जनाको पनि[Read More…]

by March 18, 2019 0 comments शिक्षा
विद्यावारिधि अध्ययनको गरिमा बढाइने

विद्यावारिधि अध्ययनको गरिमा बढाइने

काठमाडौँ, २६ फागुन । त्रिभुवन विश्वविद्यालयले विद्यावारिधिलाई व्यवस्थित र गुणस्तरीय बनाई यसको गरिमा बढाउन अनुसन्धान विधिका बारेमा निश्चित मापदण्ड निर्माण गर्ने भएको छ । मानविकी तथा सामाजिकशास्त्र सङ्कायले विद्यावारिधिमा भर्ना भएका विद्यार्थीका लागि आज आयोजित अभिमुखीकरण कार्यक्रममा शिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठीले विद्यावारिधिको क्रममा अपनाउनुपर्ने न्यूनतम कार्यविधिका बारेमा जानकारी दिन अभिमुखीकरण सञ्चालन गरिएको बताउनुभयो । सङ्कायका डिन प्रा डा शिवलाल[Read More…]

by March 10, 2019 0 comments शिक्षा