पत्रपत्रिकाबाट

लोकसेवाद्वारा नयाँ भर्ना कार्यतालिका सार्वजनिक

लोकसेवाद्वारा नयाँ भर्ना कार्यतालिका सार्वजनिक

लोकसेवा आयोगले आगामी १५ जेठमा पहिलो चरणअन्तर्गत ८ हजार पदमा कर्मचारी भर्नाका लागि विज्ञापन आह्वान गर्ने भएको छ । आयोगले लामो अन्योल चिर्दै ठूलो संख्यामा कर्मचारी भर्नाको नयाँ प्रक्रिया थालेको हो ।आयोगले स्थानीय तहका लागि कर्मचारी भर्ना प्रक्रियाको कार्यतालिका सार्वजनिक गर्दै भर्ना खुलाउने औपचारिक घोषणा गरेको हो । आयोगले बिहीबार स्थानीय तहका पदको पदपूर्तिसम्बन्धी विशेष कार्यतालिका सार्वजनिक गर्दै जेठको तेस्रो[Read More…]

तातोपानी नाका आउँदो साता सञ्चालनमा

तातोपानी नाका आउँदो साता सञ्चालनमा

भूकम्पपछि बन्द रहेको नेपाल–चीन जोड्ने तातोपानी नाका आउँदो साताभित्रै पुनः सञ्चालनमा आउने भएको छ । नेपालका लागि चिनियाँ राजदूत हाउ याङ्छीले जिम्मेवारी सम्हालेपछि पहिलोपटक बिहीबार दूतावासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो जानकारी दिएकी हुन् । यो नाका अहिले कार्गो ओसारपसारका लागि मात्र खुला गरिने बताउँदै तत्कालका लागि यसबाट मानव अवतजावत खुला नगरिने स्पष्ट गर्नुभयो । उनले भनिन्, “सन् २०१५ को[Read More…]

ललितानिवास प्रकरणः लाखमा किनेर करोडमा बिक्री

ललितानिवास प्रकरणः लाखमा किनेर करोडमा बिक्री

त्रिताल प्रतिवेदनले ‘भूमाफिया’ किटान गरेको शोभाकान्त ढकाल र रामकुमार सुवेदीले बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा प्रतिरोपनी आठ लाख रुपैयाँ खर्च गरेर झन्डै एक करोडका दरले बेचेको भेटिएको छ । काठमाडौँ छिर्दा छिँडीको कोठामा निर्वाह गर्ने आर्थिक हैसियतका दुवैजना केही वर्षमै कान्तिपथको ५÷७ रोपनीमा फैलिएको घरजग्गा आँट्ने हैसियतमा पुगेका थिए,’ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो उच्च स्रोतले कान्तिपुरसँग भन्यो,‘यो बीचमा उनीहरु अनेक छल,[Read More…]

१ करोडमा त भ्रष्टाचार भयो १० मा नहोला र ?

१ करोडमा त भ्रष्टाचार भयो १० मा नहोला र ?

केन्द्रीय सरकारले बजेट ल्याउने तयारी गरिरहेको छ । संवैधानिक व्यवस्थाअनुसार बजेट बक्तव्य आउन पाँच दिन मात्रै बाँकी छ । जेठ १५ गते हुने बजेट वक्तव्यमा आ–आफ्नो पक्षमा बजेट बढाउन तछाडमछाड नै चलिरहेको छ । कर्मचारीतन्त्रदेखि सांसदसम्म यसकै दौडधुपमा व्यस्त छन् । सांसदहरुले त यसअघि नै बजेट बक्तव्यमा सांसद क्षेत्र विकास कोषको रकम बढाई आफ्नो क्षेत्रमा विकासका कार्यक्रम आफ्नै कोषमार्फत चलाउन[Read More…]

निर्णय गरेको तीन वर्षपछि बल्ल कार्यालय

निर्णय गरेको तीन वर्षपछि बल्ल कार्यालय

सरकारले तीन वर्षअघि सार्वजनिक गरेको बजेटमा सातै प्रदेशमा मेडिकल कलेज संचालन गर्ने निर्णय ग¥यो । त्यसबेलाको बजेटमा पहिलो चरणमा बुटवल, बर्दिवास र सुर्खेतमा मेडिकल कलेज संचालन गर्ने निर्णय गरेको थियो । निर्णय गरेको तीन वर्षपछि प्रदेशमा कार्यालय खुलेको छ । आर्थिक वर्ष २०७३÷२०७४ को बजेटमा प्रदेश २ को बर्दिबास, प्रदेश ६ को सुर्खेत र प्रदेश ५ को बर्दिवासमा मेडिकल कलेज[Read More…]

कर्मनासा क्षेत्रको सात रोपनी भूमाफियाको कब्जामा

कर्मनासा क्षेत्रको सात रोपनी भूमाफियाको कब्जामा

ललितपुरको हात्तिवनस्थित सिलौटेमा पर्ने कर्मनासा आसपासको ७ रोपनी जमिन भूमाफियाको कब्जामा परेको छ । जग्गा व्यवसायीले खोलाको जग्गा मिचेर प्लटिङ गरेर जग्गा बिक्री वितरण गर्न थालेसँगै खोलाको बहाबक्षेत्र साँघुरिनुका साथै खेतीयोग्य जमिन टुक्राटुक्रामा खण्डीकरण भएको छ । २०२२ सालको नापी–नक्सा अनुसार खोला र खोला आसपासको सार्वजनिक जग्गा करिब ७ रोपनी रहेकामा पछिल्लो २०७० को नक्सा अनुसार त्यही जग्गा मुस्किलले ६[Read More…]

मेलम्चीमा अर्को ठेक्का, थप दुई अर्ब ५२ करोड भार

मेलम्चीमा अर्को ठेक्का, थप दुई अर्ब ५२ करोड भार

सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँकी कामको लागि ठेक्का लगाउने निर्णय गरेको छ । राज्यलाई थप दुई अर्ब ५२ करोड रुपैयाँ भार पर्ने गरी ठेक्का लगाउन लागिएको हो । अघिल्लो ठेकेदारलाई ३६ करोड रुपैयाँ भुक्तानी नदिएर भगाएको सरकारले बाँकी तीन प्रतिशत कामका लागि यति धेरै रकम खर्चन लागेको हो । मन्त्रिपरिषद्ले निर्णय गरेको तीन दिनपछि बिहीबार सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता गोकुल[Read More…]

सिक्री लुटिएला नि ! डेढ महिनामै लुटिए नौ जना

सिक्री लुटिएला नि ! डेढ महिनामै लुटिए नौ जना

धुम्बाराहीकी क्षेत्रमाया गुरुङ बाटोमा हिँड्दै थिइन् । गलामा लगाएको सिक्री कसैले झ्वाट्ट तानेर लग्यो। ‘चोर चोर’ भन्दा भन्दै सिक्री लुटेर भागे । गत सोमबार साँझ पल्सर मोटरसाइकलमा आएका दुई जनाले भीडभाड भएको मौका छोपी गुरुङको साढे दुई तोलाको सिक्री थुतेर भागे । मंगलबार बानियाँटारस्थित जलपाचोकमा हिँडिरहेकी मीनाकुमारी गुरुङ लुटिइन् । पल्सर मोटरसाइकलमा आएका दुई जनाले मीनाकुमारीको गलाको डेढ तोलाको सुनको[Read More…]

बेहुलाले जब मण्डपमै दाइजो मागे र बेहुली नलिइ फर्किए

बेहुलाले जब मण्डपमै दाइजो मागे र बेहुली नलिइ फर्किए

मोरङको जहदा गाउँपालिका–४ का २४ वर्षीय लक्ष्मण राजवंशीले बेहुली अस्वीकार गरेका छन् । विवाहको कार्यक्रम चलिरहेका बेला उनले दाइजोबापत मोटरसाइकल, सुनको सिक्री र डाइनिङ टेबल मागेका थिए । मागेको सामान नपाएपछि राजवंशी बेहुलीलाई मण्डपमा छोडेर हिँडेका थिए । जन्ती पनि उनीसँगै त्यत्तिकै फर्किएका थिए । बेहुली पक्षको उजुरीका आधारमा राजवंशीलाई जहदा–४ बाटै पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले[Read More…]

रेल ल्याउन सजिलो छैन, नेपालमा भइरहेको बहस सुनेर अचम्मित छुः चिनियाँ राजदूत

रेल ल्याउन सजिलो छैन, नेपालमा भइरहेको बहस सुनेर अचम्मित छुः चिनियाँ राजदूत

चीनबाट हिमाल छेडेर रेल ल्याउन सजिलो छैन । तर काठमाडौँमा आजभोलि ने रेल आउन लागेजसरी बहस सुरु हुन थालेको छ । केरुङ–काठमाडौँ रेलमार्गबारे बृहत् अध्ययन नै सुरु नभएको अवस्थामा यस्तो बहसले चीन आश्चर्यमा परेको छ । चिनियाँ राजदूत होऊ यान्छीले पत्रकारसँग भनिन्,‘यस्तो भूगोल छ , चिनियाँ रेल आज कुरा गरेर भोलि नै आउने विषय आफैँमा जटिल हो । म पनि[Read More…]