गृहपुष्ठ

अन्योलमा गणतन्त्र स्तम्भ

अन्योलमा गणतन्त्र स्तम्भ

काठमाडौँ, १० जेठ । देशमा गणतन्त्र स्थापनाको प्रतीकका रुपमा निर्माण गर्न भनी नक्साको ढाँचा तयार गरिएको गणतन्त्र स्तम्भ अझै बन्ने नबन्ने अन्योलमा छ । स्तम्भको नक्साको ढाँचा सबै तयार भए पनि बजेटको सुनिश्चित नहुँदा स्तम्भ निर्माण अन्योलमा रहेको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । स्तम्भ निर्माण गर्न ? एक अर्ब ८७ करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको विभागका[Read More…]

by May 24, 2019 0 comments गृहपुष्ठ
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तीन हजारको निवेदन

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तीन हजारको निवेदन

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तनहुँको छ गाउँपालिकाका करीब तीन हजारले निवेदन दिएका छन् । नागरिकका लागि न्यूनतम रोजगारीको अवसर सिर्जना गराउने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत सञ्चालनमा ल्याइएका जिल्लाका छ गाउँपालिकाका दुई हजार ९५४ जनाले बेरोजगार फारम भरेका हुन् । प्रत्येक स्थानीय तहको वडाबाटै बेरोजगार हुनेहरुको तथ्याङ्क सङ्कलन गरिएको थियो । चार वटा नगरपालिकामा भने तथ्याङ्क एकीकृत गर्ने[Read More…]

by May 24, 2019 0 comments गृहपुष्ठ
आज  मेघ गर्जन र हावाहुरीसहित वर्षा हुने

आज मेघ गर्जन र हावाहुरीसहित वर्षा हुने

काठमाडौँ, १० जेठ । पश्चिमी न्यूनचापीय प्रणालीकोे प्रभावले आज शुक्रबार देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही मेघ गर्जन र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । पूर्वमा बनेको न्यूनचापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले मेघ गर्जन र हावाहुरीसहित वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । उहाँका अनुसार[Read More…]

by May 24, 2019 0 comments गृहपुष्ठ
वाइडबडीबारे वसन्तपुरमा सार्वजनिक सुनुवाइ हुँदै

वाइडबडीबारे वसन्तपुरमा सार्वजनिक सुनुवाइ हुँदै

काठमाडौँ, १० जेठ। ‘नेपालका लागि नेपाली अभियान’ले वाइडबडीबारे यही जेठ ११ गते स्थानीय वसन्तपुर डबलीमा सार्वजनिक सुनुवाइ गर्ने भएको छ । नेपाल वायुसेवा निगमको हाईफ्लाई–एक्स आइरल्याण्ड लिमिटेडबाट दुई एयरबस ए ३३०–२०० खरीद गर्ने सम्बन्धमा भ्रष्टाचार भएको भन्ने विषयमा सर्वसाधारण नागरिकलाई जानकारी दिन उक्त कार्यक्रम गर्न लागिएको बिहीबार यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा अभियानकर्मी डा सुरेन्द्र भण्डारीले बताउनुभयो । सार्वजनिक सुनुवाइ[Read More…]

by May 24, 2019 0 comments गृहपुष्ठ
डोजरले खनेको खाल्टामा डुबेर सात वर्षीय बालकको मृत्यु

डोजरले खनेको खाल्टामा डुबेर सात वर्षीय बालकको मृत्यु

सिन्धुली, १० जेठ । सिन्धुलीको मरिण गाउँपालिका–७ बाह्रबिसेमा डुबेर सात वर्षीय बालक मनिष श्रेष्ठको मृत्यु भएको छ । मरिणखोलामा पौडी खेल्ने क्रममा खोलामा खनेको खाल्डोमा परी श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय कपिलाकोटले जनाएको छ । मरिणखोलामा कालिका कन्स्ट्रक्सनले नियमविपरीत खाल्डो खनी कच्चा पदार्थ उत्खनन गरी खाल्डा नपुर्दा बिहीबार बालकको ज्यान गएको इलाका प्रहरी कार्यालय कपिलाकोटका प्रहरी निरीक्षक चरित्रविक्रम कार्कीले[Read More…]

by May 24, 2019 0 comments गृहपुष्ठ
नाबालिकामाथि जबर्जस्ती करणीका आरोपी पक्राउ

नाबालिकामाथि जबर्जस्ती करणीका आरोपी पक्राउ

बाजुरा, १० जेठ । जबर्जस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यलय बाजुराले अमरबहादुर धामीलाई पक्राउ गरेको छ । प्रहरीले बाजुराको खप्तड छेडदह गाउँपालिका–४ गुदुखातीका १८ वर्षीय धामीलाई नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरेको बताइएको छ । जिल्ला प्रहरी कार्यलय बाजुराका अनुसार जेठ ८ गते साँझ ५ बजेतिर आरोपी धनबहादुर धामीले ११ वर्षीय नाबालिकालाई घरमा कोही नभएको अवस्थामा गोठमा लगेर[Read More…]

by May 24, 2019 0 comments गृहपुष्ठ
विप्लप समूहद्वारा नेपाल बन्दको घोषणा (विज्ञप्ती सहित)

विप्लप समूहद्वारा नेपाल बन्दको घोषणा (विज्ञप्ती सहित)

काठमाडौँ, १० जेठ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले नेपाल बन्दको घोषणा गरेको छ ।

by May 24, 2019 0 comments गृहपुष्ठ
जिपबाट हाम फाल्दा एक जनाको मृत्यु

जिपबाट हाम फाल्दा एक जनाको मृत्यु

बैतडी, १० जेठ । गुडिरहेको जिपबाट हामफाल्दा बैतडीमा एक जनाको मृत्यु भएको छ । बिहीवार बेलुका गिरेगडाबाट देहीमाडौँतर्फ आइरहेको म१ज ११९ नंको जिपको पछाडि सवार कोलीले पार्सा भन्ने ठाउँमा अर्को गाडीलाई साइडदिन जिप ब्याक गर्दा हामफालेर पञ्चेश्वर गाउँपालिका–६ का ४० वर्षीय राज कोली रहेको प्रहरीले जानकारी दिएको छ । हामफाल्दा गम्भीर घाइते भएका कोलीको उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा[Read More…]

by May 24, 2019 0 comments गृहपुष्ठ
प्रदेश नं. ३ को नीति तथा कार्यक्रम जेठ १४ मा प्रस्तुत हुने

प्रदेश नं. ३ को नीति तथा कार्यक्रम जेठ १४ मा प्रस्तुत हुने

हेटौंडा, १० जेठ । प्रदेश नम्बर–३ सरकारले यही जेठ १४ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ । जेठ १४ गतेको संसद बैठकमा प्रदेश प्रमुख अनुराधा कोइरालाले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । प्रदेशको मौलिकता र छुट्टै पहिचान समेटिने गरी नीति तथा कार्यक्रममा समेटिने बताइएको छ । नीति तथा कार्यक्रममा कृषिमा आधुनिकीकरण र[Read More…]

by May 24, 2019 0 comments गृहपुष्ठ
भोटोजात्रा जेठ २६ गते

भोटोजात्रा जेठ २६ गते

९ जेठ ललितपुर । उपत्यकाकै लामो जात्रा रातो मच्छिन्द्रनाथको जात्रा यहि जेठ २६ गते देखाइने भएको छ । विहीबार निकालिएको साइत अनुसार २३ गते थहिटीबाट तानेर जावलाखेल पु¥याइनेछ । विहीबार डवलीमा जोशीहरुले साइत हेरेका थिए । राष्ट्रप्रमुखलगायत देशका विशिष्ट व्यक्तिहरुमाझ मच्छिन्द्रनाथको भोटो देखाइन्छ । भोटो देखाइसकेपछि मच्छिन्द्रनाथको मूर्ति बुङ्गमतीस्थित मन्दिरमा राख्न लगिन्छ भने मीनजनाथको मुर्ति टंगलस्थित मन्दिरमा ल्याउने गरिन्छ ।[Read More…]

by May 23, 2019 0 comments गृहपुष्ठ