राष्ट्रियता जगाउने अर्को गीत ‘सरर लिपुलेक’

 
काठमाडौं । भारतद्धारा अतिक्रमण गरिएको नेपाली भूमीसहितको नक्सा सार्वजनिक भएर भूमी फिर्ता ल्याउन दवाव सिर्जना भईरहेका बेला राष्ट्रवाद जगाउने अर्को गीत बजारमा आएको छ ।
git
‘सरर लिपुलेक’ बोलको गीतको डम्बर हिङमाङ र पृथ्वी खनालको शब्द सिर्जना रहेको छ । गीत सुन्दै उत्साहित बनाउने उक्त गीतलाई हिङमाङले संगीत भर्नुभएको हो । गीतमा पृथ्वी खनालको स्वर रहेको छ ।

भोइस अफ नेपालबाट नेपाली दर्शक स्रोतामाझ चिनिएका डम्बर र पृथ्वीले  लगातार युगल गीतहरु संगै गरिराखेका छन । यश गीतमा कमेडी च्याम्पियनबाट चिनिएका अर्गानिक कमेडियन खबपु चन्चलको मुख्य अभिनय रहेको छ । उक्त गीतमा संगीत संयोजन देबेश राईको छ । सरर लिपुलेक गीतको भिडियो निर्देशन गायक तथा सन्चारकर्मी हरि पुन मगरले गर्नुभएको हो ।
छायांकन र सम्पादन पिटर गुरुङको रहेको छ भने कन्सेप्ट डम्बर हिङमाङको रहेको छ । बालकलाकारसहित थुप्रै कलाकारहरुको अभिनय रहेको यस गित पृथ्वी खनालको अफिसियल युटुब च्यानलबाट बजारमा आएको छ ।