अधिकार सम्वन्धी यी भनाई, जसले अधिकार खोस्न जुरुक्कै उठाउँछ

 

१. अधिकार कहिलेकाहीं केहीबेरका लागि सुत्छ तर कहिल्यै मर्दैन ।
अज्ञात

२. अधिकार प्राप्त भएपछि मानिसमा नराम्रो भावनाको विकास हुन्छ ।
एडमन्ड वक

३. अधिकारले भ्रष्ट गराउँछ र पूर्ण अधिकारले पूर्णतः भ्रष्ट गराउँछ ।
लर्ड एक्टन

४. अधिकार मागेर पाइँदैन, खोसेर लिनुपर्छ ।
अज्ञात

५. अधिकार प्रयोग नगर्नाले हराउँछ ।
अज्ञात

६.अधिकार र कर्तव्य एकै सिक्काका दुई पाटा हुन् ।
अज्ञात

७.धेरै अधिकार पाएपछि मान्छेको विचार दूषित हुन जान्छ ।
विलियम च्याथम

८. अधिकार विनाशकारी प्लेगजस्तै हो जसले छोयो भने नाश गर्छ ।
शेली

९. हामीले के कुरा सम्झिरहनुपर्छ भने कुनै एक व्यक्तिको अधिकार खोसिनु भनेको सबैको अधिकार खोसिनु हो ।
विलियम रिस स्मिथ, जुनियर

१०. कुनैपनि मुलुकप्रति आफ्नो सच्चा अधिकार रहने कुरा अन्य विषयमाजस्तै राजनीतिक वा अदालती निर्णयबाट हैन कि आफ्नो कामबाट स्थापित हुन्छ ।
डेभिड बेन गेरियन

११. कुनै प्राचीन वा आधुनिक राष्ट्रले आजसम्म स्वच्छन्दतापूर्वक आफ्ना भावनाहरू बोलेर, लेखेर वा प्रकाशन गरेर कहिल्यै आफ्नो स्वाधीनता गुमाएको छैन बरु त्यसो नगर्दा कैयौंले असमयमै स्वाधीनता गुमाएका छन् र दासतामा परिणत भएका छन् ।
जोन पी. जेन्जर

१२. मेरो विचारमा हरेक अधिकारमा कुनै न कुनै उत्तरदायित्व छिपेको हुन्छ, हरेक अवसरमा कुनै न कुनै दायित्व रहेको हुन्छ, हरेक स्वामित्वमा कुनै न कुनै कर्तव्य अन्तर्निहित हुन्छ ।
जोन डी. रोकफेलर, जुनियर

१३. आफ्नो अवस्थाबाट असन्तुष्ट एकाध जनाले विद्रोह नगरेको भए तपाईं हामी अझैपनि अँध्यारो गुफामा बसिरहेका हुने थियौं । सचेत विद्रोह मानव सभ्यताको मूल स्रोत नै हो ।
युजेन डेवज

१४. संसारमा सबैभन्दा बढी अधिकार त्याग र सेवाबाट मिल्छ ।
प्रेमचन्द

१५. हाम्रा पूर्वजले अधिकारका लागि सङ्घर्ष गरे । आजको पिँढी कर्तव्यका लागि सङ्घर्ष गरिरहेको छ ।
सेम्युयल स्माइल्स

१६. अधिकारवालाको आँखा हुँदैन, कान हुन्छ ।
शेक्सपियर