विश्वभर झण्डै ५० लाख संक्रमित, २४ घण्टामा ४ हजार ५७० को मृत्यु

 

कोरोना भाइरसका कारण विश्वभर झण्डै ५० लाख मानिस संक्रमित भएका छन् वल्डोमिटरका अनुसार ४९ लाख ८२ हजार ८७५ जनामा संक्रमण फैलिएको छ । २४ घण्टामा ९४ हजारमा संक्रमण थपिएको हो ।
संक्रमणका कारण मृत्यु हुनेको संख्या २४ घण्टामा ४ हजार ५७० जना थपिएर ३ लाख २४ हजार ५३५ पुगेको छ । यो तथ्यांकमा सबैभन्दा बढी अमेरिकामा ९३ हजार ५३३, बेलायतमा ३५ हजार ३४१, इटलीमा ३२ हजार १६९, फ्रान्समा २८ हजार २२ र स्पेनमा २७ हजार ७७८ जनाले ज्यान गुमाएका
छन् ।
छिमेकी इण्डियामा २४ घण्टामा १४६ जनाको मृत्यु भएको छ भने कूल मृत्यु ३ हजार ३०२ पुगेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या अमेरिकापछि ब्राजिलमा बढी रहेको छ ।