लगातार विवादमा फसिरहेको फिल्म ‘पद्मावती’को रिलिज डेट तय हुँदै

 

एजेन्सी, लगातार विवादमा फसिरहेको फिल्म ‘पद्मावती’ लिएर एक विशेष खबर बाहिर आएको छ । बताइएअनुसार १ डिसेम्बरमा रिलिज हुने भनिएको यस फिल्मको अर्को रिलिज डेट जनवरीमा हुने आशंका गरिएको थियो ।
तर, बक्स अफिस इंडियाको एक रिपोर्टका अनुसार विदेशी वितरकले क्यानडा र अमेरिकाको थिएटरका लागि ९ फेब्रुअरीको तालिका पठाएको छ । यसको अर्थ यो हो कि फिल्म निर्माताले ‘पद्मावती’लाई ९ फेब्रुअरीमा रिलिज गर्ने योजना बनाइरहेका छन् । तर, फिल्म यूनिटले अहिलेसम्म आधिकारिक जानकारी भने दिएको छैन ।
फिल्मको विवाद अझै थामिएको छैन र माथि उल्लेख गरिएको मितिमा रिलिज भएमा फिल्मले महाशिवरात्री र भ्यालेनटाइन डे को मौका छोप्न सक्नेछ ।
एसएस राजमौलीको निर्देशन रहेको फिल्मलाई ऐतिहासिक तथ्यलाई तोडमोड गरेको आरोप लागेको छ ।