कोरोना भाइरसबाट लन्डनमा फेरी अर्को नेपालीको मृत्यु

 

काठमाडौं, १३ चैत । कोरोना भाइरसका कारण बेलायतको लण्डनमा फेरि अर्को एक नेपालीको पनि मृत्यु भएको छ ।

चितवन घर भइ दुई दशकदेखि बेलायत बस्दै आएका आएका ४० वर्षीय प्रशान्त अर्यालको सोमबार नि’धन भएको हो ।

अहिले साउथ इस्ट लण्डनमा बस्दै अर्यालको गत सोमबार बिहान नि’धन भएको थियो । पछि उनको रिपोर्टमा कोरोना सं क्रमण देखिएको थियो । उनमा ब्लड प्रेसर पनि रहेको बताइएको छ ।

बुधबार अस्पतालले मृ’तकको परिवारलाई टेलिफोन गरेर उनलाई कोरोना सं’क्रमण पोजिटिभ देखिएको जानकारी गराएको मृ’तक अर्यालको पारिवारिक स्रोतले जनाएको छ ।

केहि समयदेखि सामान्य ज्वरो र खोकीलगायतका लक्षण देखा परेका अर्याललाई गत शनिबार बिहान ४ बजे अकस्मात घरमै चक्कर लागेपछि अस्पताल लगिएको थियो ।

स्थानीय क्वीन एलिजावेथ अस्पतालमा उपचारकै क्रममा सोमबार बिहान २ बजे उनको नि’धन भएको थियो ।