कोरोनाबाट इटालीपछि सबैभन्दा धेरै स्पेनमा मृत्यु

 

म्याड्रिड, १२ चैत । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट इटालीपछि सबैभन्दा धेरै स्पेनमा मृत्यु छ । बुधबार दिउँसोसम्म स्पेनमा ३ हजार ४ सय ३४ जनाको मृत्यु भएको छ । जुन संख्या चीनभन्दा पनि बढी रहेको छ ।

मंगलबार मात्रै स्पेनमा मृत्यु हुनेको संख्या २७ प्रतिशतले बढेको छ । मंगलबार स्पेनमा थप ४ सय ४३ जनाको मृत्यु भएको छ भने थप ५ हजार ५ सय ५२ जनामा सं’क्रमण देखिएको छ । स्पेनमा ४७ हजार ६ सय १० जना संक्रमित छन् भने तीमध्ये ५ हजार ३ सय ६७ जना निको भएका छन् ।

त्यस्तै कोभिड–१९ को संक्रमणबाट इटालीमा मृत्यु हुनेको संख्या करिब ७ हजार पुगेको छ । मंगलबार मात्रै इटालीमा कोभिड–१९ को सं’क्रमणबाट ७ सय ४३ जनाको मृ’त्यु भएको छ ।