यूएईमा कोरोना संक्रमित २ नेपाली र १ इरानी नागरिक निको भए

 

काठमाडौं, ११ चैत । यूएईको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट संक्रमित २ जना नेपाली नागरिक निको भएको जनाएको छ ।

आबुधाबी स्वास्थ्य विभागकी सरुवा रोग नियन्त्रणसम्बन्धी महाशाखाकी प्रमुख रहेकी डाक्टर फरिदा अल होसेनीले सोमबार आयोजित पत्रकार सम्मेलनमा २ जना नेपाली नागरिकसहित ३ जना व्यक्ति निको भएको जनाएको स्थानीय सञ्‍चारमाध्यम द नेसनलले जनाएको छ ।

निको हुने अर्को एक जना भने इरानी नागरिक रहेको डाक्टर फरिदाले जानकारी दिएकी छिन् । योसहित यूएईमा कोभिड–१९ बाट सं’क्रमित भएका ४१ जनाले स्वास्थ्यलाभ गरेका छन् ।

साथै कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि यूएई सरकार दृढताका साथ लागेको डाक्टर फरिदाले जानकारी दिइन् ।