बढ्यो सुनचाँदीको मूल्य

 

काठमाडौँ, ९ चैत । आज सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा १ हजार रुपैयाँले बढेर छापावाला सुन ७६ हजार ५ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी पनि २० रुपैयाँले बढेर प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।