घट्यो सुनचाँदीको मूल्य

 

काठमाडौँ, ६ चैत । आज सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलामा १ हजार ५ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ७५ हजारमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि आज ३० रुपैयाँले घटेर प्रतितोला ६ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।