नायिका आँचल शर्मा आज बैबाहिक जीवनमा बाँधिदै

 

काठमाडौँ । नेपाली चलचित्रकी नायिका आँचल शर्मा आज बैबाहिक जीवनमा बाँधिदै छिन् । आफ्ना प्रेमी  उदिप श्रेष्ठको साथमा उनी बैबाहिक जीवनमा बाँधिदैछिन् । आँचल र उदिपको आज काठमाण्डौको एक पाँच तारे होटलमा बिबाह हुँदैछ ।

आँचल र उदिपले बिबाहलाई विशेष बनाउनका लागि केही दिनदेखि तयारी गरिरहेका थिए । आँचल र उदिपको बिहे अगाडि संगीत समारोह, मेहेन्दी समारोह आयोजना गरिएको थियो । आँचल र उदिपले हातमा एक अर्काको नाम लेखेका छन् ।

यी दुइको बिहेमा आफन्त, साथीभाइ र सिमित चलचित्रकर्मीलाई मात्र निमन्त्रणा गरिएको छ । आँचल र उदिपले चैत्र १ गते भने काठमाण्डौको एक पाँच तारे होटलमा बिहे भोजको आयोजना गरेका छन् ।

गतबर्षको दशैंमा भेट भएपछि नजिक भएका आँचल र उदिप १ बर्ष भन्दा लामो समय प्रेम सम्बन्धमा रहेर बिबाह बन्धनमा बाँधिन लागेका हुन् ।