जेष्ठ नागरिक दिवा सेवा केन्द्रलाई सांसद सिलवालको २५ लाख सहयोग

 

ललितपुर । प्रतिनिधि सभा सांसद नवराज सिलवालले गोदावरी नगरपालिका वडा नं ३ राम मन्दिरमा निर्माण हुने ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र्रलाई २५ लाख सहयोग गर्ने घोषणा गर्नुभएको छ । सांसद सिलवालले संसद विकास कोषबाट २५ लाख सहयोग गर्ने आइतबार महायज्ञस्थलमा घोषणा गर्नुभएको हो ।

silwal 25
सांसद सिलवालले कार्यक्रममा सम्वोधन गर्दै धर्मका माध्यमबाट विकासका लागि धेरै कामहरु भएको बताउँदै विकास र ज्ञानका लागि धर्म महत्वपूर्ण भएको बताउनुभयो । आफूले पाएको ज्ञान बाँड्न र विकासका लागि एकताको भावनाका लागि सप्ताह महत्वपूर्ण भएको बताउनुभयो ।

silwal 25 2