पुँजी बजार ओर्लियो, ९० करोडको कारोवार

 

काठमाडौ–पुँजी बजार बिहीबार पनि घटेको छ । कारोवारका हिसावले अन्तिम दिन आज बजार १२.२२ अंकले घटेको हो । बैक लगायतका समूहको परिसूचक घटेपछि समग्र बजार प्रभावित भएको छ । एक सय ४० कम्पनीको ९ लाख १६ हजार २ सय ३३ कित्ता सेयर किनबेच भएको आज ९० करोड ११ लाख ५३ हजार ६ सय ३५ रुपैयाँको कारोवार भएको छ । आज बैकिङ समूहको सूचक १९.६३ अंकले घटेको छ भने बिकास बैंक समूहको सूचक ९.४५, फाइनान्स समूह १.११ र उत्पादनमुलक समूहको सूचक ६७.३६ अंकले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । होटल समूहको परिसूचक २३.७३ अंकले बढेको आज जलविद्युत समूह ६.०३, बीमा ६.६९ र अन्य समूहको सूचक ४.६३ अंकले बढेको छ । नियामक निकाय धितोपत्र वोर्डले अघिल्लो दिन सेयर खरिद गर्न संकलन केन्द्र कम भएकोे तथा मर्जरमा रहेका कम्पनीको सेयर लामो समय रोकिएको गुनासो बढेपछि सम्वन्धित कम्पनीलाई परिपत्र जारी गरेको थियो । वोर्डले त्यस्तो फारम लिन, बुझाउन र रकम जम्मा गर्न संकलन केन्द्रको संख्या पर्याप्त बढाउन, हितकारी खाता खोल्दा अनिवार्य बैंक खाता राख्न र मर्जरमा रहेका कम्पनीले एकीकृत कारोवार गरे सँगै सेयर कारोवार सुरु गर्न परिपत्र जारी गरेको थियो । यसले पनि बजारमा प्रभाव देखिएको जनाइएको छ ।