यी नवजात शिशु, जो जन्मने बित्तिकै रुनुको सट्टा रिसाइन्, रातारात भाइरल भयो उनको तस्विर !

 

एजेन्सी, १२ फागुन । यतिबेला सामाजिक सञ्जालमा एक नवजात शिशुको तस्वीर भाइरल भइरहेको छ । जुन शिशुको तस्विर डाक्टरले नै खिचेर सामाजिक संजालमा लागेका हुन् ।

हामीलाई थाहा छ कि नवजात शिशु जन्मनसाथ रुन्छ तर ती शिशुलाई डाक्टरले रुवाउन खोज्दा उल्टै रिसाएकी छन् । शिशुले बनाएको अनुहारको प्रतिक्रिया कैद गर्दै डाक्टरले तस्वीर सार्वजनिक गरेका हुन् ।
फेब्रुअरी १३ तारिखका दिन इसाबेला परेइरा दि जेससको जन्म ब्राजिलको रियो दि जनेइरो अस्पतालमा अपरेसनबाट भयो । फोक्सोले काम गरेको छरछैन जाँच्न प्रसूती चिकित्सकले उनलाई रुवाउन खोज्छन् । तर रुनुको सट्टा उनले अनौठो अनुहार बनाइन् ।

तस्वीर हेर्दा उनी रिसाएकी जस्तो देखिन्छ । आमा डेनी दि जेसस बरबोसाले इसाबेला जन्मेपछिको फोटो खिच्न स्थानीय फोटोग्राफर रोडरिगो कुनस्टमानलाई जिम्मा दिएकी थिइन् । रोडरिगोले नै शिशुको आश्चर्य लाग्दो प्रतिक्रियासहितको तस्विर कै’द गरेका थिए ।

फोटोग्राफर रोडरिगोका अनुसार प्रसूती चिकित्सकले शिशुको नाभी का’ट्नुअघि नै रुवाउन खोजेका थिए । ‘उनले आँखा उघारेर हेरिन्, तर रोइनन्,’ उनले भने, ‘डाक्टरले इसा रोऊ समेत भने । उनले ग’म्भीर प्रतिक्रिया देखाइन् र नाभी का’टेपछि मात्रै रुन थालिन् ।’

शिशुको जन्म एक अदिव्तीय क्षण भएको र यो रकर्ड गर्न योग्य भएको उनले बताए । उनले यस बेलाको १० महत्वपूर्ण तस्वीर खिचेका छन् जसमा उनको महत्वूर्ण क्षण कै’द छन् । उनको पहिलो रोदनसहितको तस्विर रोडरिगोले आफ्नो सामाजिक सञ्जालमा समेत राखेका छन् ।

इसाबेलाकी आमाले भा’इरल भएको उक्त तस्वीरले उनी अहिले नै साहसी भएको जनाएको बताइन् । ‘मेरी छोरी जन्मजात साहसी छिन्,’ समाचार संस्था जिवानलाई उदृत गर्दै डेनीले भनिन्। ‘उनको तस्वीर अहिले नै मिम भइसक्यो । उनी ड्राइपर बदल्दा र हेरचाह गर्दा जहिल्यै निधार खुम्चाउँछिन्,’ उनले भनिन्, ‘इसाबेला २० तारिखका दिन जन्मनु पर्ने हो, तर उनी आफैंले जन्मने दिन छनोट गरिन् र आफ्नो व्यक्तित्व प्रस्तुत गरिसकेकी छिन् ।’