बन्नेभो क्रिकेट रंगशाला, सप्ताह महायज्ञबाटै जुट्यो ५६ करोड

 

sitaram kattelचितवन/धुर्मुस सुन्तली फाउण्डेसनको संयोजनमा चितवनको भरतपुरमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि लगाइएको महायज्ञबाट ५६ करोड आर्थिक संकलन गरिएको छ । माघ १९ गतेबाट सन्चालन गरिएको ‘श्रीमदभागवत महापुराण एवं धनधान्यान्चल महायज्ञ– २०७६’ बाट वागमती प्रदेश सरकारको बहुवर्षीय आयोजनाका लागि ३० करोड दिने घोषणा बाहेक ५६ करोड संकलन भएको आयोजकले जनाएका छन् ।

chitawan 2
महायज्ञ सफल पार्न सम्पुर्ण समाजसेवी, बुद्धिजिवी, राजनितिकर्मि, राजनितिक दल, संघसंस्था, आमा समूह, टोल विकाश संस्था, सम्पूर्ण स्थानिय निकाय, भरतपुर महानगरपालिका लगायत आयोजक धनधान्यान्चल मूल समारोह समिति र प्रमुख वाचक आदरणीय दिनबन्धु पोखरेलले गरेको सहयोगलाई विशेष धन्यवाद दिँदै अभियन्ता सिताराम कट्टेल धुर्मुसले अझ बढी दरिलो बनेर रंगशाला तोकिएको समयमै सम्पन्न गर्ने प्रण व्यक्त गर्नुभएको छ ।