लोकल रक्सीलाई बैधानिकता दिन नेकपा सांसद खतिवडाको माग

 

नुवाकोट । बागमती प्रदेश सभाका सांसद तथा नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले लोकल रक्सी (घरेलु मदिरा)लाई नीतिगत रुपमा वैधानिकता दिनुपर्ने माग गर्नुभएको छ । आफ्नै गाउँघरमा उत्पादन हुने कोदो मकैप प्रयोग गरी बनाइएको श्रम सीप पुँजी र स्थानीय प्रविधिको प्रयोगले बाहिरिने पैसा स्थानीय स्तरमै रहेको लोकल रक्सीलाई प्रतिबन्ध लगाएर समृद्धि नआउने सांसद खतिवडाको माग रहेको थियो ।
सांसद खतिवडाले छैटौं नुवाकोट महोत्सवको नवौ दिनको कार्यक्रममा बोल्दै गर्दा उपस्थितको तालीले व्यापक जनअनुमोदन भएको अनुभव गर्न सकिएको आयोजकले बताएका छन् । स्थानीय नागरिकको रोजीरोटी धानिएको मदिरा रोक्न नहुने पक्षमा आफू प्रदेश संसदमा बोल्ने पनि खतिवडाले बताउनुभयो । लुकीलुकी रक्सी खाएर पैसा बाहिर पठाउनुभन्दा स्थानीय उत्पादन नै प्रयोग गर्न सांसद खतिवडाले सुझाव दिनुभयो ।