बिध्यार्थी आन्दोलनको परम्परा र गौरबमाथी नेविसंघ इट्टा बर्षाइरहेको छ: अखिल नेतृ बराल

 

काठमाडौं । अनेरास्ववियु नेतृ सुनिता बरालले नेपाल विद्यार्थी संघको आन्दोलनले विद्यार्थी आन्दोलनको परम्परा र गौरबमाथि इँट्टा बर्षाईरहेको बताउनुभएको छ । नेतृ बरालले स्ववियु निर्वाचनबाट भाग्ने बहाना नखोज्न चेतावनी दिँदै नेविसंघमा भागबण्डा मिलाएजस्तै स्ववियुको पनि चुनाव नगराएर भागबण्डा खोजेको आरोप लगाउनुभएको छ । नेतृ बरालले सामाजिक सञ्जालमा स्टाटस लेख्दै नेबिसंघका पछिल्ला कदमहरुले बिध्यार्थी आन्दोलनमाथी नै प्रश्न उठाइरहेकाहरुलाई थप आधार तयार गरिदिएको बताउनुभएको छ । बरालले लेख्नुभएको छ -‘नेपाली काँग्रेस संसदमा उभिएर भ्रस्टाचारीलाई किन कार्वाही ? भनेर संसद अबरोध गरिरहेको छ। उसकै भातृ संगठन त्रि.वी.ले तयारी गर्दै गरेको स्ववियु चुनातिर पिठ फर्काएर गच्छदारको जुलसमा ब्यस्त छ। चुनाव नै नगरि देउवा, पौडेल र सिटौलाका नाममा ६ जना उपसभापति र ७ वटा महामन्त्रि राखेर भागबण्डा गरेको नेबिसंघले के देशभरका कलेजहरुको स्ववियु पनि विना चुनाव भागबण्डा गरौं भन्न खोजेको हो ? भन्दै प्रश्न गर्नुभएको छ ।

यस्तो छ स्टाटस

sunita satus