प्रदेश ३ को प्रदेशसभा बैठक आज ३ बजे बाट

 

हेटौँडा, २१ पौष । प्रदेश ३ को प्रदेशसभा बैठक सोमबारबाट सुरु हुँदैछ । दिउँसो ३ बजेबाट सुरु हुने यो अधिवेसनको मुख्य एजेण्डा प्रदेश राजधानी र नामाकरण गर्नुरहेको छ ।
तर, प्रदेशको राजधानी हेटौडा राख्ने या अन्यत्र भन्नेमा सत्तारुढ दलकै सांसदहरु विभाजित भएकाले अन्यौल उत्पन्न भएको छ ।

राजधानी र नामका विषयमा सहमति जुटाउन शनिबारबाट बसेको नेकपा प्रदेश ३ संसदीय दलको बैठक दुई दिन बसेर बिना निश्कर्ष टुगिंएको छ ।