इरानले तोक्यो डोनल्ड ट्रम्पको टाउकोको मूल्य ९ अर्ब रुपैयाँ

 

अमेरिकी ह’मलामा इरानका कमान्डर जनरल कासिम सुलेमानीको हत्यापछि इरान र अमेरिका एकअर्का विरुद्ध खनिएका छन् । आइतबार राष्ट्रपतिले इरानलाई विल्कुल नयाँ हतियारले हमला गर्ने धम्की दिएको केही बेरपछि इरानले ट्रम्पको टाउकोको मूल्य ८० मिलियन डलर (लगभग ९ अर्ब रुपैयाँ) तोकेको छ ।

जनरल सुलेमानीको अन्तिम संस्कारको क्रममा एक संस्थाले इरानका सबै नागरिकलाई एक डलर दान गर्न अपिल गरेको छ । ट्रम्पको टाउकोको बदलामा राखिएको ८० मिलियन डलर जम्मा गर्नका लागि संस्थाले सबै इरानी नागरिकलाई दान गर्न अपिल गरेको छ । मसादमा जतिबेला सुलेमानीको शोक सभा आयोजना गरिएका बेला इरानी संस्थाले यो घोषणा गरेको हो ।