अनेरास्ववियु एकता : केन्द्रदेखि जिल्लासम्म असन्तुष्टि

 

नेकपाको सबैभन्दा भरलाग्दो र कार्यकर्ताको कारखाना भनेर चिनिने भातृ संगठन अनेरास्ववियुको एकता प्रक्रियाले कार्यकर्तामा निकै ठूलो असन्तुष्टि देखिएको छ । विद्यार्थी संगठनको साविक अनेरास्ववियु तर्फका पूर्व केन्द्रीय अध्यक्ष देखि साविक पदाधिकारी र केन्द्रीय कमिटिका धेरै नेताहरुको असन्तुष्टि आइरहेको छ भने अनेरास्ववियु क्रान्तिकारी तर्फका पनि धेरै पदाधिकारीका असन्तुष्टि रहेका छन् ।
संगठनमा सहसंयोजक रंजित तामाङले आफ्ना नजिकका आसेपासे समेट्न लामो समय योगदान गरेका र बरियताक्रममा रहेका, कृयाशिल नेताहरु छुटाएको कुरा आशा तमुले बताउनु भएको छ।

यो बिशयमा बिभेदपुर्ण रुपमा केन्द्रिय समिती चयन गरिएकोले यसलाई खारेज गरि संगठनमा विधि पद्धतिमा रहि छनौट गर्नुपर्ने कुरा संगठनका केन्द्रिय उपाध्यक्ष दिपक जोशिले बताउनु भयो। संगठनका उपाध्यक्ष दिपक जोशी, उपमहासचिब लक्ष्मी जोशी , आशा तमु, मिलन एम सि सचिव डिबि साउद, नारायण खनाल, गंगा दहाल लगायतले पार्टीका अध्यक्ष प्रचण्ड लगायतलाई भेटेरै असन्तुष्टि जनाएको अखिल क्रान्तिकारीका उपमहासचिव लक्ष्मी जोशिले बताउनु भएको छ।

अबैधानिक प्रक्रियामा केन्द्रिय सदस्य तोकि बिना छलफल मिडियाबाजी गरेको कुरा अमान्य रहेको र यश प्रकृयालाइ रोकि विधि र पद्धति ,योग्यता क्षमता र कृयाशिलता, एकताको मनोबिज्ञान, सिनियरिटी आदि मापदण्ड को आधारमा सहमतिमा केन्द्रिय समिती छनौट गरि एकता प्रक्रिया अगाडि बढाउन पर्ने मा सहसंयोजकले मनोमानी रुपमा संगठनमै नभएको, चुनाव हारेका, निष्क्रिय लाई राखेको प्रती आपत्ति जनाएको डीबी साउदले बताउनुभयो ।

यस्तै पूर्व एमाले निकट अनेरास्ववियुमा पनि उस्तै असन्तष्टि रहेको छ । असन्तुष्ट समूहले पार्टी पूर्व अध्यक्ष झलनाथ खनाललाई भेटी असन्तुष्टि जनाएसंगै नेता खनालले निर्णय सच्याउन आग्रह गर्नुभएको छ । असन्तुष्टहरुले सामाजिक सञ्जालमा भावुक स्टाटस लेख्दै संगठन व्यक्तिको मनोमानी, गुण्डागर्दी र दादागिरीको कब्जामा परेको तर्फ चिन्ता व्यक्त गरेका छन् ।
यस्ता छन् असन्तुष्टिका स्टाटसहरु

status

pradip

bimal

arati

rabin