अनेरास्ववियु एकतामा नविना लामाको असन्तुष्टि गुण्डागर्दी र दादागिरी नमान्ने चेतावनी

 

अनेरास्ववियुकी पूर्व अध्यक्ष तथा सांसद नविना लामाले नेकपाको भातृ संगठन अनेरास्ववियुको एकता प्रक्रियामा संगठनभित्र छलफल नभै कोही सीमित व्यक्तिको दादागिरी र गुण्डागर्दी हावी भएको भन्दै असन्तुष्टि जनाउनुभएको छ । नेकपा नेतृ लामाले आइतबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै आफ्नो कार्यकालमै एकता प्रक्रिया सुरु भएको तर आफू सहित कसैसंग सल्लाह नभएकोमा असन्तुष्टि जनाउनुभएको छ । पर्याप्त छलफल गरी एकता प्रक्रियालाई टुंग्याउन नेतृत्वको ध्यानाकर्षण समेत गराउँदै पूर्व अध्यक्ष लामाले दादागिरी र गुण्डागर्दी मानेर संगठन नचल्ने बताउनुभएको छ । न्यायका लागि लड्न नेता कार्यकर्तालाई लामाले आग्रह गर्नुभएको छ ।
statusयस्तो छ लामाको स्टाटस
हाम्रो गौरवशाली संगठनमा भर्खरै भएको एकता वैठकबाट निरन्तर संगठन, पार्टी, आन्दोलनमा लागेका ईमान्दार साथीहरुमाथी अन्याय गरेको छ। केही साथीहरु र क्षेत्रहरुको विषयमा पूर्वाग्रह राखिएको छ। महिला, दलित, विभिन्न विश्वविद्यालय, प्रवास कमिटिहरु, विभिन्न प्रोफेस्नल कमिटिहरु लाई समावेशी, समानुपातिक ढंगले नसमेटिदा बिद्यार्थीहरुमा छाएको निराशाले समग्र बिद्यार्थी आन्दोलन र दक्ष नेतृत्वको विकासमा अप्ठ्यारो परिस्थिती आईपर्ने अनुमान लगाउन सकिन्छ। नेतृत्वको दुरदर्शिता अभाव र पर्याप्त छलफलको अभाव देखिन्छ। विषयलाई विना छलफल निर्णय गरेर लिडरसिपले गल्ती गरेको छ। यो मेरो कार्यकालमा भएको र जोडेको विषय हो। संगठन कसैको पेवा होइन संगठनमा कसैको दादागिरी चल्दैन। फेरी छलफलको विषयले प्रवेश पाउनु पर्छ र जिम्मेवारी फ़ेरबदल र थपघट गर्नका लागि नेतृत्वको गम्भीर ध्यानाकर्षण गराउदछौँ र न्यायको पक्ष लाग्न सवै साथीहरूलाई हार्दिक अनुरोद गदछौ ।