बढ्यो सुनको मूल्य

 

काठमाडौँ, २० पौष । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य चाहिँ स्थिर रहेको छ ।
आज सुन तोलामा १ हजार रुपैयाँले बढेर छापावाला सुन ७५ हजार ५ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७५ हजार २ सयमै कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी भने आज स्थिर रहेर प्रतितोला ९ सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।