‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ घोषणा

 

काठमाडौँ, १८ पौष । रियालटी शो ‘मेरो डान्स कप’को चौथो सिजन र ‘मेरो भ्वाइस कप’को दोस्रो सिजन औपचारिक घोषणा गरिएको छ ।
बिहिबार राजधानिमा आयोजित एक कार्यक्रममा आयोजकले दुबै रियालटी शो अमेरिकामा आयोजना हुन लागेको जनाएको छ ।

‘मेरो डान्स कप’ मा अभिनेत्री केकी अधिकारी र ‘मेरो भ्वाइस कप’ मा गायक प्रमोद खरेल निर्णायक रहने छन् । अमेरिकाको ओहोयास्थिति एक्रोनमा ४ जनवरीमा ओपनिङ हुने ‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ को अमेरिकाको विभिन्न शहरमा अडिसन हुनेछ ।

अडिसनबाट छानिएका करिब २० नवप्रतिभाले यस रियालिटी शोमा सहभागिता जनाउन पाउने अभिनेत्री केकी अधिकारीले कार्यक्रममा जानकारी दिइन् । ‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’का विजेताले टोयोटा कार र १० तोला सुन उपहारको रुपमा जित्ने कार्यक्रममा आयोजकले जानकारी दियो ।

त्यस्तै, दोस्रो हुने विजेताले गोल्डेन कपसँगै आकर्षक उपहार पाउँनेछन् भने तेस्रो हुनेले एउटा सिल्भर कप र आकर्षक उपहारहरु पाउने आयोजक सदस्य मध्येकी अभिनेत्री रिमा विश्वकर्माले जानकारी दिइन् । ‘इन्टरनेशनल होम केयर’का सञ्चालक डिल्ली अधिकारीको आयोजनामा ‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ हुन लागेको हो ।