बढ्यो सुनचाँदीको मूल्य

 

काठमाडौँ, १८ पौष । आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।

आज सुन तोलामा १ हजारले बढेर छापावाला सुन ७४ हजार ५ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७४ हजार २ सयमै कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि आज १० रुपैयाँले बढेर प्रतितोला ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।