अमेरिकामा एक नेपाली विद्यार्थीको मृत्यु

 

काठमाडौँ, १८ पौष । अमेरिकामा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ ।
अमेरिकाको म्यासाचुसेट्स राज्यको बोस्टन स्टोनह्याममा बसेर अध्ययनरत गर्दै आएका रौतहटका हिमाल तिमलसिनाजको मृत्यु भएको हो ।

टाउकोमा गम्भीर चोट लागेका उनको बुधबार बर्लिङटनको लाहे होस्पिटल एण्ड सेन्टरको एमआईसीयूमा भर्ना गरिएको थियो। उनको उपभारकै क्रममा बुधबार ज्यानगएको हो ।