रोनाल्डो वर्षको उत्कृष्ट खेलाडी

 

एजेन्सी, १५ पौष । इटालियन सिरि ए क्लब युभेन्ट्सका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले वर्ष २०१९ को ‘ग्लोब सकर अवार्ड’ जितेका छन् ।
युएईको दुबईमा आयोजना गरिएको एक विशेष कार्यक्रममा रोनाल्डोलाई बर्ष खेलाडीको अवार्ड प्रदान गरिएको छ । अवार्ड जित्ने क्रममा रोनाल्डोले बार्सिलोनाका लियोनल मेस्सी र लिभरपुलका भर्जिल भान डाइकलाई पछि पारेका थिए ।

रोनाल्डोले लगातार दोस्रो पटक यस अवार्ड जितेका हुन् । पोर्चुगल एवं एट्लेटिको म्याड्रिडका युवा स्ट्राइकर जोआ फेलिक्सले बेस्ट रेभिलेसन अवार्ड पाए ।