संगठनमा हेरफेरभन्दा छिटो अधिवेसनमा जाऔं: स्थायी कमिटि सदस्य पोखरेल

 

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य शंकर पोखरेलले पार्टीको मार्गदर्शन सिद्धान्तको बिषयमा अन्यौलमा नपर्न नेतृत्वसहित सवै नेताहरुको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ । जारी स्थायी कमिटी बैठकमा आज आफ्नो लिखित धारणा राख्दै प्रदेश ५ का मुख्यमन्त्रीसमेत रहनुभएका पोखरेलले पार्टीले आफ्नो अनुभवहरुलाई सिद्धान्त्कृत गरी अघि बढनुको बिकल्प नरहेको धारणा राख्नुभएको छ ।

‘जननेता कमरेड मदन भण्डारीको नेतृत्वमा विकास भएको जनताको बहुदलीय जनवादको वैचारिक आलोकमा होस् या माओवादी आन्दोलनका क्रममा विकास गरिएको एक्काइसौं शताब्दीका जनवादमा होस् हामीले माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकास गरेका छां। परिणामस्वरुप दुई भिन्न कार्यदिशा बोकेका पार्टीहरुको अग्रसरता र पहलकदमीमा जनअधिकारले सुसज्जित संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान संविधानसभाबाट जारी भएको थियो । र उक्त संविधानले नै लोकतान्त्रिक बाटोबाट समाजवाद निर्माणको बाटो खोलिदिएको छ,’ पोखरेलले बैठकमा भन्नुभयो, ‘यस्तो अवस्थामा हाम्रो पार्टीले मार्गदर्शक सिद्धान्तका रुपमा माक्र्सवाद लेनिनवाद भनेर मात्र उल्लेख गर्नु नेपालको कम्युनिष्ट आन्दोलनको उपलब्धि र अनुभवमा आधारित सैद्धान्तिक र वैचारिक मान्यताबाट पन्छिनु हो । आफ्ना अनुभवहरुलाई संश्लेषण गर्दा समस्या आउँछ भनेर त्यसबाट नै पन्छिनु उचित होइन । तसर्थ पार्टीले अविलम्व आफ्ना अनुभवहरुलाई सिद्धान्तकृत गरी त्यसको मार्गदर्शनमा अघि बढ्न तयार हुनु पर्दछ ।’

यस्तो छ पोखरेलको सुझाव

स्थायी समितिको चौथो बैठकमा प्रस्तुत राय तथा सुझावहरु

(क) केही सैद्धान्तिक सवालहरुमा
१ नेपालको कम्युनिष्ट आन्दोलनका आफ्नै मौलिक विशेषता रहेका छन् । माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकास नेपाली कम्युनिष्ट आन्दोलनको विशेषता हो । जननेता कमरेड मदन भण्डारीको नेतृत्वमा विकास भएको जनताको बहुदलीय जनवादको वैचारिक आलोकमा होस् या माओवादी आन्दोलनका क्रममा विकास गरिएको एक्काइसौं शताब्दीका जनवादमा होस् हामीले माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकास गरेका छांै । परिणामस्वरुप दुई भिन्न कार्यदिशा बोकेका पार्टीहरुको अग्रसरता र पहलकदमीमा जनअधिकारले सुसज्जित संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान संविधानसभाबाट जारी भएको थियो । र उक्त संविधानले नै लोकतान्त्रिक बाटोबाट समाजवाद निर्माणको बाटो खोलिदिएको छ । यस्तो अवस्थामा हाम्रो पार्टीले मार्गदर्शक सिद्धान्तका रुपमा माक्र्सवाद लेनिनवाद भनेर मात्र उल्लेख गर्नु नेपालको कम्युनिष्ट आन्दोलनको उपलब्धि र अनुभवमा आधारित सैद्धान्तिक र वैचारिक मान्यताबाट पन्छिनु हो । आफ्ना अनुभवहरुलाई संश्लेषण गर्दा समस्या आउँछ भनेर त्यसबाट नै पन्छिनु उचित होइन । तसर्थ पार्टीले अविलम्व आफ्ना अनुभवहरुलाई सिद्धान्तकृत गरी त्यसको मार्गदर्शनमा अघि बढ्न तयार हुनु पर्दछ ।

२ हामीले जनवादी क्रान्तिको चरण पुरा भएको निश्कर्स निकालिरहँदा त्यो क्रान्ति पुरानो पूँजीवादी क्रान्ति भन्दा फरक र नयाँखाले पूँजीवादी क्रान्तिभन्दा पनि फरक रह्यो भन्ने कुरालाई बिर्सनु हँुदैन । पुरानो खाले पूँजीवादी क्रान्तको नेता वुर्जुवा वर्ग हुने र नयाँखाले पूँजीवादी क्रान्तिको नेता सर्वहारा वर्गिय राजनीतिको नेतृत्व गरिरहेको कम्युनिष्ट पार्टीहुने मान्यता भन्दा फरक हामीले कम्युनिष्ट र बुर्जुवा शक्ति मिलेर संयुक्त नेतृत्वमा नै क्रान्ति सम्पन्न गरेका हांै । यस्तो अवस्थामा नेपाली समाजको आर्थिक सामाजिक रुपान्तरणको बाटो अर्थात् समाजवादको आधार तयार गर्ने जनताको जनवादलाई माक्र्सवाद र लेनिनवादका परम्परागत सैद्धान्तिक मान्यताहरुले मात्र मार्गदर्शन गर्न सम्भव छैन भन्ने सच्चाईलाई हामीले गहिरोगरी आत्मसात गर्नु पर्दछ । सोही अनुरुप कार्यक्रमिक र सैद्धान्तिक मान्यताको विकास र प्रयोग गर्दै अघि बढ्नु पर्दछ ।

३ निश्चय नै यतिबेला हामी पुरानो पूँजीवादी र नयाँखाले जनवादी क्रान्तिको मिश्रित प्रभावको अवस्थामा छौं । यस अवधिमा हामीले जबज र एक्काइसौं शताव्दीको जनवाद मार्फत अवलम्वन गरेका क्रान्तिकारी नीतिहरुको प्रभाव पनि नेपाली समाजमा गहिरोगरी परेको छ । तर हाम्रो अवस्था भने नयाँ जनवादी क्रान्ति पछिको जस्तो छैन । यस्तो स्थितिमा हामीले हाम्रो आन्दोलनको विशेषताका आधारमा अघि बढ्न सक्नु पर्दछ । पार्टी विधानको संशोधन प्रस्तावमा समाजवादउन्मुख जनताको जनवाद भनेर एकहदसम्म उपयुक्त सुत्रिकरणको प्रयास गरेको छ । त्यो भन्दा फरक ढंगले अहिले नै समाजवादलाई न्यूनतम् कार्यक्रम बनाउने कुरा परिस्थिति सापेक्ष हँुदैन । यस सन्दर्भमा चीन लगायतका मुलुकहरुका अनुभवहरुलाई पनि शिक्षाका रुपमा लिन सकिन्छ ।

४ यतिबेला राष्ट्रिय पूँजीवादको निर्माण गर्ने कि समाजवादको निर्माण गर्ने भनेर वहस चल्न थालेको छ । वैचारिक सैद्धान्तिक बहसको माग हुनु राम्रो हो । तर त्यसले हाम्रो आन्दोलनको उपलब्धि र बस्तुगत यथार्थतालाई प्रतिनिधित्व गर्न सक्नु पर्दछ । यतिबेला हामीले समाजवादको अधार तयार गर्ने कुरा गरिरहँदा नयाँखाले पूँजीवादीजनवादी क्रान्तिको स्तरसम्म नेपाली समाजलाई हाम्रो आफ्नो मौलिक तरिकाबाट अघि वढाउने कुरा हो । ताकी हामीले समाजवादका लागि क्रान्ति होइन शान्तिपूर्ण र बैधानिक बाटोवाट समाजवादको निर्माण गर्न सकियोस् । यसका लागि हामीले जनताको जनवाद अन्तर्गत पूँजीवादको विकास गर्ने नभै राष्ट्रिय पूँजीको निर्माण गर्नु पर्दछ । हामीले आर्थिक९सामाजिक प्रणालीका रुपमा पूँजीवादको विकास गर्ने हो भने त्यसले शान्तिपूर्ण रुपमा समाजवाद निर्माण गर्ने हाम्रो राजनीतिक कार्यदिशामा चुनौती खडा गर्न पुग्दछ र पुनः समाजवादी क्रान्तिको बाटोतर्फ अघि बढ्ने बाध्यता सिर्जना हुन्छ । जुन हाम्रो आन्दोलनको विशेषता र हामीले अवलम्वन गर्न लागिरहेको कार्यदिशा भन्दा फरक कुरा हो ।

५ समाजबादउन्मुख जनताको जनवादले अंगिकार गर्ने आर्थिक सामाजिक विकासको बाटो कस्तो हुन्छ भन्ने प्रश्न यतिबेला टड्कारो बनेर आएको छ । यस सन्दर्भमा जननेता मदन भण्डारीको नेतृत्वमा प्रतिपादित जनताको वहुदलीय जनवादको कार्यक्रममा जनताको जनवादी क्रान्ति पछिको जनवादी व्यवस्थाको सुदृढिकरणको चरण अपेक्षाकृत रुपमा लामो हुने कुरा उल्लेख गरिएको छ । त्यो तीन प्रकारको विशेष अवस्थावाट गुज्रनु आवश्यक हुने कुरा अघि सारिएको छ । जो यस प्रकार छः
(पहिलो, पुरानो समाज व्यवस्थाका सबै अवशेषहरुलाई सबै क्षेत्रवाट समाप्त पार्ने काममा केन्द्रित भएर लाग्ने अवधि
– दोस्रो, नयाँ उत्पादन सम्वन्धका आधारमा समाजका सबै क्षेत्रको विकासमा केन्द्रित भएर लाग्ने अवधि र
– तेस्रो,शान्तिपूर्ण रुपमा समाजवादमा संक्रमणका लागि केन्द्रित भएर लाग्ने अवधि ।
यतिबेला नेकपाले जनताको जनवादको बाटोबाट शान्तिपूर्ण रुपमा समाजवाद निर्माण गर्ने राजनीतिक कार्यदिशा अख्तियार गरिरहेका बेलामा उक्त मान्यतालाई गहिरोगरी आत्मसात गर्न सक्नु पर्दछ ।

(ख) पार्टी एकता र पार्टी संचालनका सन्दर्भमा

१ पार्टी एकतालाई टुंगोमा पुर्याउन भएको ढिलाईले निश्चय नै समस्या सिर्जना गर्यो । दुई ठूला पार्टीको एकतापश्चात् पार्टीका विरुद्धमा बाहिरबाट हमला हुनु स्वभाविकै हुन्थ्यो । तर त्यसको सामना गर्नका लागि आवश्यक तयारी गरिएन । तीन महिनामै एकता सम्पन्न गर्ने नाममा मातहत कमिटीहरु र जनवसंगठनहरु विघटन गरिए । यसबाट सिंगो पार्टी एकिकरणबाट प्राप्तहुने जिम्मेवारीको व्यग्र प्रतिक्षामा रहन बाध्य भयो । एकता प्रक्रियाको ढिलाईले अन्योलता, असन्तुष्टि र एकहदसम्म अराजकताको स्थिति सिर्जना भयो । दुबै समुहका तर्फवाट मुख्य जिम्मेवारी पाउनका लागि भएको होडवाजीले एकताको महत्व स्थापित गर्ने कुरा ओझेलमा पर्न गयो । त्यसमाथि नेतृत्व तहका कमिटीका बैठकहरु केन्द्रीय कमिटी र स्थायी कमिटीका बैठकहरु समेत नियमित रुपमा नबस्दा थप समस्या सिर्जना भयो । त्यसमाथि एकता प्रक्रियाको सन्दर्भमा सचिवालय स्तरको छलफलका विषयहरु आम संचार माध्यममा अतिरञ्जित ढंगले आउने अवस्थाले थप समस्या सिर्जना भएकै हो । पार्टी एकताको काम आधारभूत रुपमा सम्पन्न भएको अवस्थामा यसबाट शिक्षा लिएर पार्टी कामलाई व्यवस्थित गरिनु पर्दछ । पार्टी एकताको रणनीतिक महत्वलाई छिटोभन्दा छिटो आम कार्यकर्ता र जनताका बीचमा लैजानु पर्दछ । यस सन्दर्भमा प्रतिवेदनमा उल्लेख भएको सन्दर्भ आमरुपमा ठिकै रहेको छ ।

२ संक्रमणकालिन अवस्थामा पूर्व पार्टीको अवस्थाको प्रभाव कुनै न कुनै रुपमा देखिनु स्वभाविक नै हो । सोही पक्षलाई ध्यानमा राखेर नै एकताको महाधिवेशन नहँुदासम्मका लागि दुई अध्यक्षको व्यवस्था गरिएको पनि छ । तर पार्टी निर्माणका सन्दर्भमा अब क्रमशः हाम्रो ध्यान योग्यता र क्षमताका अधारमा नेतृत्व निर्माण तर्फ केन्द्रित हुनु पर्दछ । यसका लागि एकताको सन्देश प्रवाह गर्ने र एकताको जगमा पार्टीलाई सुदृढ र सबल बनाउने गरी विशेष अभियान सञ्चालन गर्नु पर्दछ । केन्द्रीय कमिटीको बैठक माघ महिनामा गर्ने गरी प्रस्तावित गरिएकोमा त्यसलाई पुषको तेस्रो हप्तामा सम्पन्न गर्ने र माघदेखि चैत्र महिनासम्म तीन महिने अभियान सञ्चालन गरिनु पर्दछ । यो अभियानका क्रममा पार्टीपंक्तिको व्यापक परिचालनबाट भावनात्मक एकताको आधार तयार हुनेछ र नेता र कार्यकर्ताको योग्यता र क्षमता पनि एक अर्काले बुझ्ने अवसर प्राप्त हुनेछ ।

३ पार्टी एकताको सबैभन्दा महत्वपूर्ण काम भनेको सदस्यता नविकरणको काम हो । अहिले पनि पार्टी सदस्यहरु राजनीतिक रुपमा नेकपा त भए तर वैधानिक रुपमा नेकपा अझै भइसकेका छैनन् । त्यसका लागि एकिकृत पार्टीको सदस्यता प्रदान गर्नुपर्ने हुन्छ । सदस्यता नविकरणको कामलाई पनि अभियानकै रुपमा अघि बढाउनु पर्ने देखिन्छ । अन्यथा आउनेवर्षलाई अधिवेशनको वर्षका रुपमा अघि बढाउन कठिन हुनेछ ।

(ग) अन्तर्राष्ट्रिय परिस्थितिका सन्दर्भमा

हामी सरकारको नेतृत्व गरिरहेको पार्टी हांै र हामीले हाम्रो राष्ट्रिय हितका सन्दर्भमा सबैखाले शक्तिसंग व्यवहार गर्नुपर्ने हुन्छ । त्यसका लागि हामी हाम्रो स्वतन्त्र परराष्ट्रनीतिमा दृढ रहँदै सबैपक्षसंग मित्रवत सम्वन्ध कायम गर्ने कोशिस गर्नु पर्दछ । हाम्रो वैचारिक पक्षधरतालाई कुटनीतिक सम्वन्धको आधार बनाइनु हँुदैन । द्धिपक्षिय र वहुपक्षिय स्वार्थहरुका कारणले नेपालको हित र स्वार्थमा प्रतिकुल प्रभाव नपरोस् भन्ने कुरामा सदैव ध्यान दिनु पर्दछ । हामी जस्तो प्रकारको भू९राजनीतिक अवस्थितिमा छौं हामीले हाम्रो शक्तिका रुपमा असंलग्नताको नीतिलाई आत्मसात गर्नु पर्दछ । हाम्रो विकास र समृद्धिको लक्ष हासिल गर्नका लागि सम्भव सबैपक्षको सहयोग लिन चुक्नु हँुदैन । भारतसंगको सिमाविवादका सन्दर्भमा अहिलेको राष्ट्रिय जनमत अनुकुल अवस्थामा छ । यसलाई सु९अवसरका रुपमा लिंदै समस्या समाधानका लागि अग्रसरता लिनु पर्दछ ।

(घ) संघियता कार्यान्वयनका सन्दर्भमा

१. संघियताका कार्यान्वयनका सन्दर्भमा राजनीतिक, कानुनी र प्रशासनिक रुपमा काम अघि वढेका छन् । छोटो अवधिमा आधारभूत जग तयार भएको छ । तिव्र विवाद र तनावका बीचमा जारी भएको संविधान जनताको तर्फबाट स्विकार्य भएको छ । तर आफै संविधानको भावना अनुरुप साझा अधिकारको सूचीमा आधारित अधिकारको सुस्पष्ट बाँडफाँड र वित्तिय संघियताको कार्यान्वयन जस्ता विषयहरु खासै अघि बढ्न सकेको अवस्था छैन । संघियताको प्रभावकारी कार्यान्वयनबाट नै विकास र समृद्धिको एजेण्डालाई प्रभावकारी बनाउन सकिन्छ । समाजवादको लागि राज्यको भूमिका बढाउने र अर्थतन्त्र निर्माणका आम जनताको भूमिका बृद्धिगर्ने कुरा पनि संघियताको प्रभावकारी कार्यान्वयनबाट नै सहज बनाउन सकिन्छ । यस सन्दर्भमा पार्टीको ध्यान गम्भीर रुपमा जानु आवश्यक छ ।

२. संघियता कार्यान्वयनका जटिलताका सन्दर्भमा प्रतिवेदनको ठम्याई ठिकै छ । तर त्यसलाई कसरी समाधान गर्ने भन्ने कुरामा ध्यान जानु पर्दछ । राजनीतिक र प्रशासनिक दुबै स्तरमा उच्चस्तरिय संयन्त्र बनाएर समाधान खोजिनु पर्दछ । यसलाई संवैधानिक अदालत र जनस्तरको वहसको विषय बन्न दिनु हुँदैन ।

३. यतिबेला प्रदेश अधिकार र संरचनाको दृष्टिकोणबाट सबैभन्दा धेरै पूँजिगत खर्चगर्न सक्ने सरकार बन्न पुगेको छ । सुरक्षा र अन्तर्राष्ट्रिय दायित्वका कारणले केन्द्रको बजेटमा पूँजिगत खर्चको तुलनामा साधारण खर्चको भार बढी छ । सामाजिक दायित्वहरु व्यहोर्नु परेका कारणले स्थानिय तहहरु पूँजीगत खर्च बढाउन सक्ने अवस्थामा छैनन् । यस्तो अवस्थामा प्रदेशलाई प्रभावकारी बनाउन सक्दा नै विकास निर्माणको कामका देखिएका समस्याहरुलाई प्रभावकारी ढंगले सम्वोधन गर्न सकिने छ ।

४. प्रदेशको नाम र राजधानीको विषय प्रदेश सभाको विषय भए पनि यो आम रुपमा राजनीतिक विषय हो । यस सन्दर्भमा पार्टीको शिर्ष नेतृत्व तहबाट तलको जनभावना बुझेर उपयुक्त निर्देशन दिनु उचित हुन्छ । प्रदेश तहमा हुने मत विभाजनले दीर्घकालसम्म असर पुर्याउन सक्नेतर्फ सचेत हुनु पर्दछ । स्थानिय तहको हकमा त्यो जिम्मेवारी प्रदेश कमिटीलाई दिनु पर्दछ ।

५ .सुशासनका सन्दर्भमा पछिल्लो समयमा भएका प्रयासहरुको चर्चा गरिनु उपयुक्त हुन्छ । त्यसका बावजुद पनि भ्रष्टाचारजन्य क्रियाकलापको निरन्तरताप्रति चिन्ता प्रकट गरिनु पर्दछ र समाधानका लागि राज्य र जनस्तर दुबैतर्फका प्रयासहरुको आवश्यकताको चर्चा गरिनु पर्दछ । राज्यका तर्फवाट मात्र गरिने प्रयासवाट भ्रष्टाचार विरुद्ध प्रभावकारी उपलब्धि हासिल गर्न सकिदैन ।

(ङ) विविध
१ पार्टी,सरकार र नेतृत्व माथिको आक्रमण योजनावद्ध र नियोजित पनि हो भन्ने कुरालाई बुझ्नु पर्दछ । परिवर्तनको नेतृत्वगर्ने पार्टीले सबैलाई चित्त बुझ्नेगरी कामगर्न सक्छ भन्ने ठान्नु वा सो अनुसारको माग गर्ने कुरा नै गलत हो । साँच्चिनै हामी समाजवाद तर्फ योजनावद्ध ढंगले अघि बढ्न लाग्यां र सफलहुँदैगयौं भने अहिले भन्दा अझ बढी हमला हुन्छ भन्ने कुरा बुझ्नु पर्दछ । सबैका लागि स्विकार्य र प्रिय बनेर युगको परिवर्तन गर्न सकिंदैन । यतिबेलाको हमला सरकारका सुधारात्मक काम र प्रयाससंग पनि जोडिएका छन् । सरकारका सुधारात्मक कामको प्रतिरक्षाका लागि पार्टी पंक्ति तयार नभइसकेका कारणले पनि समस्या भएको हो । अवका दिनमा यसमा ध्यान दिनु पर्दछ । जनतामा परेको नकारात्मक असरलाई हटाउन कोशिस गर्नु पर्दछ । राज्यका परम्परागत निकायमा गर्नुपर्ने सुधारका लागि पनि योजनावद्ध रुपमा अघि बढ्नु पर्दछ । ती निकायका सन्दर्भमा सार्वजनिक रुपमा विरोध भन्दा सुधारको योजनावद्ध पहलमा जोड दिनु पर्दछ ।

२. निर्वाचनका सन्दर्भको प्रस्तुति निकै प्रतिरक्षात्मक रह्यो । मध्यावधि निर्वाचन सत्तापक्षका लागि आम रुपमा चुनौती हुने गर्दछ लोकतन्त्रमा । तर अहिलेको परिणाम त्यस्तो रहेन । यद्यपी प्रतिपक्षका पक्षमा अन्यदलहरुको धु्रविकरणले परिणाममा केही प्रभाव पारेको छ । हो, बाहिरबाट हेर्दा धरानको उपनिर्वाचनमा भएको पराजय भने एक प्रकारको धक्का जस्तो भयो । भक्तपुर, भरतपुर र घोराहीको हार शिक्षाको विषय हो ।तर पनि निर्वाचनको समग्र परिणाम राम्रो छ । केही ठाउँमा भएको हारका आधारमा समग्र परिणामलाई हेरिनु हुँदैन । दुबै समुहले पहिले ल्याएको भन्दा सिट संख्यामा वृद्धि भएको छ । यसलाई सोही अनुरुप चित्रण गरिनु पर्दछ ।

३. संवैधानिक अंगको नियुक्तीमा भएको ढिलाईको कारण खोल्नु पर्दछ । प्रतिपक्षी दलका नेताको असहयोगका कारणले त्यसमा समस्या उत्पन्न भएको छ । सोही अनुसार मिलाउनु पर्दछ ।

४. पार्टी केन्द्रमा उपाध्यक्ष पद राख्ने कुरा सचिवालयको सर्वसम्मत निर्णयका रुपमा आएको सन्दर्भमा यसलाई अघि बढाउन उपयुक्त नै हुन्छ । अहिले नै यो भन्दा बढी संगठनात्मक रुपमा हेरफेर गर्ने कुरा गर्नु उचित देखिंदैन । बरु छिटो अधिवेशनतिर जानु उपयुक्त हुन्छ । अधिवेशनबाट बनाउने कमिटी संरचनाका सन्दर्भमा भने तयारी सहित आगामी वैठकमा छलफल गर्नु उपयुक्त हुन्छ ।

५. प्रतिवेदनको मुलस्प्रिट सही रहेको भए पनि पार्टी एकताको उपलव्धि र सरकारको कामका सकारात्मक परिणामहरु र भविष्यमा आउने सम्भाव्य परिणामको चर्चा गरिनु पर्दछ । प्रतिवेदनले आशावादलाई जागृत गर्नु पर्दछ । पार्टीपंक्तिलाई वैचारिक र राजनीतिक रुपमा जोड्ने काम गर्नु पर्दछ । प्राप्त सुझावका आधारमा त्यसलाई परिमार्जन गरिनु पर्दछ । केन्द्रीय कमिटीको वैठकमा लैजाने प्रतिवेदनमा यसलाई थप विस्तृत बनाइनु पर्दछ ।

42 thoughts on “संगठनमा हेरफेरभन्दा छिटो अधिवेसनमा जाऔं: स्थायी कमिटि सदस्य पोखरेल

Comments are closed.