बलिउड अभिनेत्री डेजी शाह सुटुक्क किन नेपाल आइन् ?

 

काठमाडौ, १६ मङ्सिर । सलमान खानले डेब्यु गराएका नायिका डेजी शाह कसैलाई थाहै नदिइ सुटुक्क नेपाल आएर फर्किसकेकी छिन । केहि दिन अघि नेपाल आएकी डेजी आइतबार साँझ भारत फर्केकी हुन् ।

सलमान खानको चलचित्र ‘जय हो’बाट डेब्यु गरेकी डेजी शाह एक कार्यक्रममा प्रस्तुति दिन नेपाल आएको बुझिएको छ । भैरहवामा रहेको टाइगर प्यालेस रिसोर्टमा आयोजित एक कार्यक्रममा आफ्नो डान्स प्रस्तुति दिन डेजी शाह नेपाल आएकी हुन् ।

‘सेलिब्रिटी नाइट्स’ कार्यक्रममा डेजी शाहले आफु अभिनित गितहरुमा बेजोड प्रस्तुति दिएकी थिइन्। डेजीले ‘जय हो’ का गित देखि रेस ३ को गितमा आफ्नो नृत्य प्रस्तुत गरेकी थिइन् ।

डेजी शाह ‘जय हो’ र रेस ३ मा सलमान खानसंग एकै चलचित्रमा देखिएकी थीइन भने हेट स्टोरी ३ मा दिएको बोल्ड सिनले डेजीको चर्चा चुलिएको थियो । यद्यपी डेजी शाहको हातमा अहिले कुनै चलचित्र भने छैन ।

भ्रमण वर्ष २०२० लाई प्रोत्साहन गर्ने गरि टाइगर प्यालेसले भारतीय कलाकार संगै पर्यटकहरुलाई पनि भित्राउने गरेको छ । डेजी शाह लुम्बिनी पनि घुमेकी थिइन् ।