चोरले पसल तोडेर मुल्यवान चिज र पैसा छाडेर प्याज चोरेपछि‘!

 

नयाँ दिल्ली, १२ मङ्सिर । पछिल्लो केहि महिनायता दक्षिण एसियाका देशमा प्याजको मूल्यले आकाश छोएको छ । खासगरी नेपाल, भारत र बंगलादेशमा प्याजको मूल्य छोइनसक्नु भएको छ ।

मूल्य बढेकै कारण उपभोक्ताहरुले भान्सामा प्याजको उपयोग कम गर्दै लगेका छन् । तर, भारतमा एउटा यस्तो घटना भएको छ, जहाँ चो रले पसल तो डेर पैसाको सट्टा प्याज चो री गरेका छन् ।

पसलमा नगद र अन्य मूल्यबान चिजहरु पनि थिए । तर, चोरले भने लसुन र प्याज मात्रै चोरे ।

घटना भारतीय राज्य पश्चिम बंगालको पूर्वमिदनापुरको हो । जहाँ एउटा चो रले तरकारी पसल तोडेर प्याज र लसुन चो रेर लगेका छन् ।

पसलका सञ्चालक अजय दासले सोमबार राति आफ्नो पसलबाट करिब ५० हजार रुपैयाँ बराबरको प्याज र लसुन चोरी भएको भन्दै स्थानीय प्रहरीमा उजुरी दिएका छन् । चोरले पसल नै तो डफो डगरे पनि नगद र अन्य मूल्यबान सामग्री भने चोरी नगरेको दासले बताएका छन् ।

भारतमा प्याजको मूल्य बढ्दै गएपछि सरकारले प्याजमा कोटा निर्धारण गरेको छ । जसका कारण अहिले पसलबाट प्याज चोरी हुने घटना बढिरहेका छन् ।