ललितपुर । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. ले पञ्चवर्षिय व्यावसायिक योजना निर्माण गरेको छ । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.वी. उप्रेतिले उद्घाटन गरेको आवासीय वैठकले संघको व्यवसायिक योजना निर्माण गरी क्रियाकलापहरु तय गर्न लागेको हो । बचत तथा ऋण सहकारी संघलाई राष्ट्रिय सहकारी बैंकको सबैखाले सहयोग प्रदान गर्न बैंक तत्पर रहेको उप्रेतीले बताउनुुभयो ।
वैशाख १८ र १९ गते धुलीखेलमा सञ्चालन भएको पञ्चवर्षिय व्यावसायिक योजना गोष्ठीले संघमार्फत पाँच वर्ष भित्र गरिने क्रियाकलाहरु तथा पाँच वर्षमा संघलाई कुन विन्दुमा पु¥याउने भन्नेमा केन्द्रीत रहेको संघका अध्यक्ष रामहरी बजगाईले बताउनुभयो ।
संघले यस अघि तय गरेका ध्येय तथा परिकल्पनालाई परिमार्जन गरि सोको आधारमा संघले आफ्नो लक्ष्य तथा उद्देश्यहरु तय गरेको छ । गोष्ठीबाट तय गरेका कार्यक्रमहरु तथा योजनाहरुलाई समय सापेक्ष रुपमा सम्पन्न गरिदै जाने प्रतिवद्धता व्यक्त गर्दै यसको लागि सञ्चालक समिति, सम्पूर्ण उपसमितिहरु लगायत कर्मचारीहरुले सक्रिय रुपमा भूमिका निर्वाह गर्ने अध्यक्ष बजगाईले बताउनुभयो ।

Please follow and like us:
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*