काठमाडौँ, १७ बैशाख । भारतका चर्चित पार्श्व गायक कुमार सानुको स्वरमा रहेको नेपाली आधुनिक गीत ‘सयौँ जुनी सँगै जिउन’को भिडियो सार्वजनिक गरिएको छ ।

फूल भए जिन्दगी यो,दुई थोपा आँशु, म त अब रिसाउँछु लगायत दुई दर्जनभन्दा बढी नेपाली गीतमा स्वर भरिसकेका कुमारले धेरैपछि गाएको नेपाली गीत ‘सयौँ जुनी सँगै जिउन’को भिडियो युट्युबमा सार्वजनिक गरिएको हो ।

अमेरिकाको न्यूयोर्कका लागि नेपाली महावाणिज्य दूतसमेत रहेका साहित्यकार एवं सर्जक कृसु क्षेत्रीको शब्द रचना रहेको गीतमा युग भुषालको संगीत रहेको छ ।

भिडियोमा निराजन प्रधान र अस्मिता लामिछानेको अभिनय छ । भिडियोको निर्देशन दिलिप समनले गरेका हुन् । फराज अर्पणले गीतको भिडियो खिचेका हुन् भने सम्पादन पनि उनकै हो । जी एस क्रियशनले भिडियोमा अभिनय गर्ने कलाकारलाई पहिरन उपलब्ध गराएको हो ।

Please follow and like us:
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*