ललितपुर । सार्बजनिक स्थानमा जथाभावी फोहोर फ्याक्ने भारतीय नागरिकलाइ सतदोबाटो प्रहरीले पक्राउ गरेको छ । आइतबार राती स्वीमिङ पुल अगाडिको सडकमा फोहोर फ्याक्न लाग्दा भारत घर भइ ललितपुर महानगरपालिका वडा न १४ नखिपोट बस्ने १९ बर्षको राम कुमारलाई पक्राउ गरिएको प्रहरी बृत्त सातदोबाटोका प्रमुख डीएसपी गौतम मिश्रले बताउनुभयो ।

फोहोरमैला ब्यबस्थापन ऐन २०६८ र स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार कसुरदारलाइ महानगरपालिकामा बुझाइएको डीएसपी मिश्रले बताउनुभयो ।
सातदोबाटो क्षेत्रमा वडा, सामुदायिक संघ सस्था र प्रहरीको सहकार्यमा फोहोरमैला ब्यबस्थापन र सरसफाइको कामलाइ तिब्रता दिइएको महानगरपालिका १५ का वडाध्यक्ष सुदर्शन मिश्रले बताउनुभयो ।

Please follow and like us:
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*