ललितपुर /तराईको हावाहुरी पीडितलाई ललितपुर बचत तथा ऋण सहकारी संघले आर्थिक सहयोग प्रदान गरेको छ । संघका अध्यक्ष रामहरी बजगाईको नेतृत्वको टोलीले शुक्रबार राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मार्फत हावाहुरी पीडितलाई ५५ हजार ५ सय ५५ पैयाँको चेक हस्तान्तरण गर्नुभएको हो । सहकारीको समुदायप्रतिको चासो भन्ने सहकारी सिद्धान्तका आधारमा समुदायमा दुःख अफ्ठेरो पर्दा सहकारीहरुको तर्फबाट सहयोग गर्न जरुरी भएको महसुस गरेर सहयोग गरिएको अध्यक्ष बजगाईले बताउनुभयो ।
महासंघका अध्यक्ष बडालले सहकारीहरु दुःख अफ्ठेरोमा सहयोगी बन्नुपर्ने बताउँदै ललितपुर बचत तथा ऋण सहकारी संघको सहयोग उल्लेखनीय र उदाहरणीय भएको बताउनुभयो ।

Please follow and like us:
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*