ललितपुर । ललितपुर १ का साम्सद नवराज सिलवालले संसद विकाष कोषका योजनाहरुको अनुगमनलाइ तिब्रता दिनुभएको छ । मंगलबार नल्लु चौघरे मानिखेल मध्यमार्गी सडकको निरिक्षण अनुगमन गर्नुभएको छ ।

संसद विकाष कोषको २५ लाख बजेट बिनियोजन भएको उक्त सडकको अनुगमनका क्रममा साम्सद सिलवालले जनताको बिकासका नाममा बिनियोजित बजेट सही ठाउमा सही ढङ्गले खर्च हुनुपर्ने बताउदै बजेटका नभएका कारण विकासबाट कोही बन्चित हुनु नपर्ने बताउनुभयो ।

नेकपा केन्द्रिय सदस्य तथा पुर्ब साम्सद सुशिला नेपालले बिगतमा थोरै बजेट हुदा पनि खुलेका सडक तथा अन्य विकासका कामहरु निरन्तरता दिन सबै निकायको पर्याप्त समन्वय हुनुपर्ने बताउनुभयो ।
नेकपा केन्द्रीय सदस्य हरि दाहाल, प्रदेश कमिटी सदस्य मधुसुदन पौडेल, प्रदेश कमिटी सदस्य तथा जिल्ला अध्यक्ष हरिकृष्ण ब्यन्जनकार, महान्काल गाउपालिका प्रमुख रामचन्द्र दाहाल, नेकपा नेता हरिकृष्ण थापा लगायतले मध्यमार्गी सडक र यस क्षेत्रको विकासमा तीनै तहका सरकारको योजना प्राथमिकता र पारदर्शी ढङ्गबाट योजना कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।
अनुगमन तथा निरीक्षणका क्रममा जिल्लाका विभिन्न नेताहरु सहभागी हुनुहुन्थ्यो । मध्यमार्गी बाटोले दक्षिण ललितपुरका महान्काल कोन्ज्योसोम गाउपालिका लाभान्वित हुने मध्यमार्गी सडकका अभियन्ता कृष्णप्रसाद सापकोटाले बताउनुभयो ।
अनुगमन तथा निरिक्षणका क्रममा कोन्ज्योसोम गाउपालिकाको शंखुका विकास योजनाको पनि निरीक्षण गरिएको थियो । टोलीले शंखु स्वास्थ्यचौकी, कतुवन शंखु सडकखण्ड लगायतका योजनाको अनुगमन गरेको थियो । अनुगमनका क्रममा त्यस क्षेत्रका स्थानीय जनतासङ्ग अन्तरक्रिया गर्नुभएको थियो ।

Please follow and like us:
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*