ललितपुर । ६२ औ राष्ट्रिय सहकारी दिवसको सप्ताहब्यापी कार्यक्रम अन्तर्गत ललितपुरका सहकारीकर्मीले शनिवार ललितपुर चक्रपथ सरसफाइ गरेका छन । सहकारी दिवस मुल समारोह समितिका संयोजक तथा जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष माधब दुलालको नेतृत्वमा २ दर्जन सहकारी सस्थाका सहकारीकर्मी सहभागी थिए ।

सहकारीको सिद्धान्त समुदायप्रतिको चासो र रियो सम्मेलनको संकल्प वातावरणप्रतिको चासो र प्रतिबद्धतालाई कार्यान्वयन गर्न ललितपुरका सहकारीकर्मीहरुले सरसफाइ अभियानमा ऐक्यबद्धता जनाएको मुल समारोह समितिका संयोजक दुलालले बताउनुभयो ।

चक्रपथ आसपास कार्यालय भएका सस्थाहरुलाइ सफाइ अभियानमा सहभागी हुन आह्वान गरिएको मुल समारोह समिती अन्तर्गतको सफाइ अभियान संयोजक माधब तिमल्सिनाले बताउनुभयो ।


अभियानमा मुल समारोह समितिका सह संयोजक अमृतनाथ तिमल्सिना, अम्बिका थापा, जिल्ला सहकारी संघका लेखा समिति संयोजक अनिलबीर बज्राचार्य, संचालक राजु खतिवडा, इन्द्र घिमिरे, शशीधर पोखरेल लगायतको उपस्थिति थियो ।

सफाइ अभियानमा प्रहरी बृत्त सातदोबाटोका डीएसपी गौतम मिश्र, ललितपुर १५ का वडाध्यक्ष सुदर्शन मिश्र स्थानीय संघ सस्थाको प्रतिनिधित्व थियो ।


ललितपुर चक्रपथ सफाइ तथा सुन्दरता अभियानको अगुवाइमा भएको १० औ हप्ताको सफाइले सहकारीहरुको सहभागिता र प्रतिबद्धता आउनु सुखद भएको बताउदै अभियानका संयोजक लक्ष्मी गेलालले चक्रपथ सफाइ ललितपुरवासीको प्रतिष्ठासङ्ग जोडिएको बताउनुभयो ।

Please follow and like us:
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*