एजेन्सी, ३ चैत्र । चर्चित बलिउड अभिनेत्री आलिया भट्टले अब तेलुगू फिल्ममा पनि डेब्यू गर्ने भएकी छिन् ।

एस।एस। राजमौलीको फिल्म ‘आरआरआर’ मार्फत उनले तेलुगू फिल्ममा पनि अभिनय गर्ने भएकी हुन् ।

यससँगै बाहुबली सिरिज बनाउने राजमौलीसँग काम गर्ने आफ्नो सपना पूरा भएको आलियाले बताएकी छिन् । राजमौलीले यसअघि नै फिल्ममा आलिया र अजय देवगन मुख्य भूमिकामा रहने बताइसकेका छन् ।

पहिलो पटक दक्षिण भारतीय फिल्ममा काम गर्न पाउँदा निकै उत्साहित रहेको आलियाले बताएकी छिन् । फिल्म सन् २०२० को मे ३० मा रिलिज हुनेछ ।

Please follow and like us:
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*