२९ फागुन, काठमाडौं । २४ फागुनमा सिके राउतसंग भएको सम्झौताले राष्ट्रियता, अखण्डता र सार्वभौमसत्तामाथि गम्भिर खेलवाड भएको भन्दै मानवअधिकावादीहरुले निकालेको जुलुशमा प्रहरीले धरपक्कड गरी १६ जना मानवअधिकारकर्मीलाई पक्राउ गरेको छ । कृष्ण पहाडीको नेतृत्वमा निस्केको जुलुसलाई तितरवितर पारी १६ जनालाई गिरफ्तार गरी महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । प्रदर्शनकारीहरुले ११ बुँदे सहमतिको विरोध गरौं, सार्वभौमसत्तामाथि खेलवाड बन्द गर लगायतका प्लेकार्ड बोकेका थिए ।

Please follow and like us:
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*