ललितपुर । विप्लव माओवादीले कतिपय स्थानीय तहमा अपारदर्शीता, जनप्रतिनिधिको मनोमानी लगायतका सन्दर्भमा जनप्रतिनिधिको ध्यानाकर्षण र राजीनामा मागिरहेका बेला सरकारले प्रतिबन्ध घोषणापनि विप्लव माओवादी नयाँ रणनीति बनाउन लागेको छ । सरकारले पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाउने घोषणा गरेपछि नेत्रबिक्रम चन्द ९विप्लव० नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थानीय तहअनसार नै ‘जनसरकार’ घोषणा गर्ने र नेपाल सरकारलाई प्रतिबन्ध लगाउने तयारी थालेको छ ।

सरकारले आफ्नो पार्टीलाई अपराधिक संगठनको रुपमा व्याख्या गरी प्रतिबन्ध लगाउने निर्णय गरेपछि बसेको आकस्मिक सचिवालय बैठकले यसको सशक्त प्रतिवाद गर्ने निर्णय गरेको हो ।

मंगलबार सरकारले विप्लव नेतृत्वको नेकपालाई आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेलगत्तै गएराति बसेको बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न नेकपाले विज्ञप्ती जारी गर्ने तयारी भएको स्रोतले जनाएको छ ।

सरकारले प्रतिबन्ध गरेसँगै पार्टीका स्थानीय स्तरका अगुवा कार्यकर्ताहरु समेत भूमिगत भएका छन् ।

Please follow and like us:
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*