२८ फागुन, बुटवल । सरकार र सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच सम्झौता भएपछि निरनतर विरोध हुँदै गर्दा पनि पृथकतावादी आन्दोलन कायम रहेको प्रष्ट हुने गरी रुपन्देही शाखाले आफूहरु एजेण्डामा कायम रहेको प्रष्ट्याएको छ ।
रुपन्देही शाखाले पत्रकार सम्मेलन गरेर ११ बुँदे सहमती संसदीय प्रणालीबाट मधेस स्वराज घोषणा गर्न नेपाल सरकारसंग सम्झौता भएको हो भनिएको छ । आफूहरु मधेस सरकारकै स्टाटसमा रहेर पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ती बाँडिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘स्वराज आन्दोलनको रोडम्यापअनुसार संसदीय प्रणालीबाट मधेस स्वराज घोषणा गर्न सक्छौं ।’ हाम्रो मागअनुसार हामीलाई सरकारले शक्ति स्वीकारेर राजनीतिको मूल प्रक्रियामा यो सम्झौताले ल्याएको छ एक नेताले भने अब यूएनपीओपछि राष्ट्रसंघमा प्रतिनिधित्वको बाटो खुलेको छ ।

सरकारसँग भएको सहमतिलाई राउत आफैंले आधिकारिक फेसबुक पेजमार्फत जनमत संग्रह गर्न सरकार तयार भएको बताएपछि सत्तारुढ र विपक्षी दलले सरकारसंग सम्झौताको प्रष्ट अर्थ र जवाफ मागिरहका बेला रुपन्देहीको पत्रकार सम्मेलन र विज्ञप्तीले विखण्डनवादी एजेण्डा कायम रहेको र राउतले यो सम्झौतालाई आफ्नो वैधानिकताको लागि मार्ग बनाएको प्रष्टिएको छ ।

भैरहवामा बुधबार आयोजित पत्रकार सम्मेलनमा गठबन्धनका रुपन्देही संयोजक भोपेन्द्र यादवले ११ बुँदे सहमति मधेश र नेपालको हितमा रहेको बताए । ‘२०७३ सालमा रुपन्देहीको मर्चवार घटनामा पनि ५० जना बढी नागरिकमाथि मुद्धा थियो, अब केही दिन पश्चात मुद्धा फिर्ता हुन्छ’ उनले भनेका छन् ।
पत्रकार सम्मेलनमा वितरित विज्ञप्ती

Please follow and like us:
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*