ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड ललितपुर २४ औं साधारणसभाको तीव्र तयारीमा छ । साधारणसभाका बर्तमान अध्यक्ष रामशरण घिमिरे र सचिव रामहरी बजगाई प्यानल सहित चुनावी स्पर्धामा छन् । २०६० सालमा ऋण समिति सदस्य, त्यसपछि २ कार्यकाल सचिवको जिम्मेवारी पूरा गरेका बजगाईले पत्रकार भेटघाटमा बुधबार साँझ यसरी प्रस्तुत गरे आफ्ना कार्ययोजना ।

बचत तथा ऋण सहकारी संघको आगामी नेतृत्वका लागि निर्वाचन सहितको साधारणसभाको संघारमा रहँदै गर्दा केही विषय महत्वपूर्ण ढंगले हेरिनुपर्छ । यो समय नेतृत्व चयनको समय हो । आगामी ४ वर्षे कार्यकालको नयाँ नेतृत्व छान्दै गर्दा व्यक्तिवाद र आफू भए मात्रै सहकारी अभियान हुने र भएका काहरुको आफूले एकलौटी जस लिनुपर्ने र नभएका कामहरु टीमको कारणले नभएको भन्दै पन्छिने स्वभावको नेतृत्वबाट जोगिनुपर्ने आवश्यकता देखिएको छ । नयाँ नेतृत्व चयन गर्दै गर्दा केही विषयमा ध्यानदिनुपर्ने देखेको छु ।

१. एक कार्यकाल उपसमिति र २ कार्यकाल सचिवको रुपमा बचत तथा ऋण सहकारी संघमा काम गरेका आधारमा मेरो स्वाभाविक दावी अध्यक्ष बन्नेमा छ । सहकारी जस्तो क्षेत्रमा नेतृत्व विकास र हस्तान्तरणको प्रक्रियालाई अवरुद्ध गर्ने गरी एउटै पदमा तीनपटक सम्म हुन हुँदैन भनेर धेरै सहकर्मीहरुले भनिरहेको अवस्थामा स्वाभाविक नेतृत्व हकदार हो ।

२. आन्तरिक रुपमा संघ राम्रो, बलियो बन्नका लागि टीमको महत्वपूर्ण भूमिका हुने कुरा २ कार्यकालमा देखिएको छ तर अध्यक्षत्मक प्रणालीको नेतृत्व भएको हाम्रो समाजमा संघको पहलमा हुन नसकेका केहीकामहरु गर्नका अत्यन्त आवश्यक छ । सहकारी क्षेत्रका सरोकारवालाहरुसंगको समन्वयलाई प्रभावकारी र परिणाममुखी बनाउनु अत्यन्त आवश्यक छ । स्थानीय तहहरुसंग समन्वय गरेर सहकारीलाई लाग्दै आएका दोहोरो तेहेरो करहरुलाई हटाउन पहल गरिनुपर्छ ।

३.सहहकारी संस्था सञ्चालन, व्यवस्थापन तथा दीगोपनाका लागि विभिन्न खालका तालिम कार्यक्रमहरु आवश्यक पर्छन् । संस्थाका लागि आवश्यक दक्ष कर्मचारीको उत्पादन देखि संचालक लेखा समितिका सदस्यहरुको लागि सहकारीको सैद्धान्तिक ज्ञान, सीप क्षमता अभिबृद्धि गराउने खालका तालिमहरु निशुल्क उपलब्ध गराउनुपर्छ भन्ने हाम्रो मान्यता छ ।

४. सहकारीका सबै विषयगत संघ, छाता संघ, प्रदेश तथा केन्द्रीय निकायहरुसंग समन्वय गरी सहकारी अभियानलाई नीतिगत क्षेत्रको प्राथमिकतामा रहने वातावरणको निर्माण गर्न आवश्यक
छ । सहकारीमा कर छुट लगायतका विषयमा संघहरुले खेल्नुपर्ने भूमिका अझ प्रभावकारी बनाउनका लागि पनि हाम्रो उम्मेदवारी आवश्यक रह्यो ।

५. हामीले भनिरह्यौं ग्रामीण क्षेत्रमा रहेका, कम पुँजीमा संचालन भईरहेका र दलित तथा महिलाहरुले संचालन गरेहका सहकारी संस्थाहरुलाई विशेष व्यवस्था गरौं, निशुल्क तालिम दिऔं नेतृत्वमा स्थापित बनाउन अरु धेरै भूमिका दिन सकिन्छ तर त्यो विगतमा सम्भव हुन सकेन । ती योजनाहरु सम्भव बनाउनका लागि पनि प्यानल सहितको विजय आवश्यक रह्यो ।

६. स्वावलम्बी र समृद्ध संघ बनाउन आफ्नै जग्गा र भवन आवश्यक छ भन्ने हाम्रो सोच हो । परिकल्पना र सपना हो । एक कार्यकालमा नै जग्गा खरिद गरी भवन निर्माणको कामलाई गति दिन पनि हाम्रो उम्मेदवारी हो ।

७. म अन्तरलगानी संयोजक भएर बचत तथा ऋणको काम सुरु गर्दा संघले गर्ने काम होइन भन्दै विरोध गर्नेहरु अहिले कारोवारको भोलुम देखाएर सफलताको जस लिईरहेका छन् तर यो सम्भावनामा पुग्न धेरै अपजस र आलोचना खेपेको छु । अझ मेरो प्रतिबद्धता छ एक कार्यकालमा हामी सबैको मिहिनेतले ५ अर्ब कारोवार गर्ने संघ बनाइन्छ । ३ लाख रुपैयाँबाट कारोवार सुरु भएको संघको अहिले जगेडा कोष नै एक करोडभन्दा बढी भईसकेको छ । कारोवार ५० करोड नाघेको छ । यो उपलब्धिको जगमा प्रत्येक संस्थालाई ३/३ करोडसम्म ऋण दिन सक्ने अवस्थाको संघ बनाउने हो ।

८. क्रमबद्ध रुपमा नेतृत्व हस्तान्तरण हाम्रो प्रतिबद्धता हो । नेतृत्व हस्तान्तरण, स्थानीय तहस्तरमै सहकारी समन्वय समिति र आवश्यकताका आधारमा सेवा केन्द्रहरुको स्थापना पनि सुदृढ र सबल संघ निर्माणका लागि हाम्रो कार्ययोजना हो ।

Please follow and like us:
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*