काठमाडौ । सशस्त्र युद्ध र राजनीतिक अस्थिरताले निराश भइ बिदेशिएका तथा देशभित्रै बेरोजगार रहेका लाखौ युवालाइ एकैसाथ उत्साह भर्ने गरि सरकारले कार्यक्रम ल्याएको छ । लाखौ बेरोजगारलाई एकैसाथ रोजगारी दिने गरि प्रधानमन्त्री रोजगार कार्यक्रम फागुन १ गते जनयुद्ध दिवसकै दिन सुरु हुन लागेको हो । जनयुद्धको समेत अनुमोदन गरेको एकीकृत कम्युनिस्ट पार्टी नेकपा नेतृत्वको यो सरकारले फागुन १ लाई नै कार्यक्रम घोषणाको दिन रोज्नुले जनयुद्धको स्विकार्यता र युवालाइ समृद्धिको बाटोमा हिडाउने उद्घोषको रुपमा बुझ्नुपर्ने नेकपा सम्बद्ध युवा बिध्यार्थीले बताएका छन ।
फागुन १ लाई जनयुद्धको स्मृती सङ्गै नया समाजवादी समृद्ध देश बनाउनका लागि रोजगार कार्यक्रमको घोषणा भएकाले देशैभर दिपावली गर्ने गरि अनेरास्ववियु र युवा सङ्गठनहरुले आह्वान गरेका छन ।

Please follow and like us:
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*